Saturday, 7 November 2015

के तपाईंलाई थाहा छ आफ्नै शरीरबारे ३२ रोचक तथ्य ?

समाजको सबैभन्दा सर्वश्रेष्ठ प्राणी मानव हो । प्राणी जीवन आफैंमा जटिल छ अध्ययन गर्न र बुझ्न पनि । विवेकशील प्राणी मानवका लागि सबै ज्ञान जान्नको लागि लालायित हुन्छ । तर हामीलाई आफ्नै शरीरबारे रोचक जानकारी थाहा नहुन सक्छ । आउनुहोस् ३२ बुँदा चहारौं ।


१. एक दिनमा पुरुषको टाउकोबाट ४० वटा र महिलाको टाउकोबाट ७० रौं झर्दछन् ।

२. मानिसको शरीरमा रगत र नुनको अनुपात समुन्द्रमा पानी र नुनको अनुपातसँग मिल्दछ् ।

३. तपाईको उचाई रातमा भन्दा बिहान बढी हुन्छ ।

४. एकदिनमा मुटुले १००० पटकसम्म रगतलाई शरीरमा सञ्चार गर्दछ ।

५. परेलाको रौंको आयु करीब १५० दिनमात्र हुन्छ ।

६.आँखी भौमा करीब ५०० वटा रौं हुन्छन् ।

७. मस्तिष्कमा एक सय अर्ब सेल हुन्छन् ।

८.पकाएको खानेकुरा भन्दा काँचो खानेकुरालाई पचाउन दोब्बर चाँडो हुन्छ ।

९. मानिसको हाड कंक्रिट भन्दा चार गुणा बलियो भयो ।

१०. जिव्रोमा भएको स्वाद कोसिकाको आयु करीब १० दिन हुन्छ ।

११. मासिन जन्मँदा घुँडामा पाङ्ग्रो हुँदैन, यो २ देखि ६ वर्षको उमेरमा मात्रै विकास हुन्छ ।

१२. बच्चाहरु बसन्त ऋतुमा चाँडो बढ्दछन् ।

१३.मानिसको आँखा कहिल्यै बढ्दैन तर नाक र कान भने बढिरहेको हुन्छ ।

१४. हामी जन्मँदा ३०० वटा हाड हुन्छन् तर मृत्यु हुँदा २०६ वटा हाड मात्रै हुन्छन् ।

१५. मानवको शरीरमा २६ प्रकारका हाड हुन्छन् ।

१६. नङमा भएको तत्व र कपालमा भएको तत्व एउटै हुन्छन् ।

१७. हाच्छिउँ गर्दा मुटुको धड्कनसहित हाम्रो शरीरको सबै क्रियाकलाप बन्द हुन्छ ।

१८.जीव्रो हाम्रो शरीरको सबै भन्दा बलियो मांसपेशी हो ।

१९.विशेष खालका मानिसहरु बाथरुममा एकदिनमा ६ पटकसम्म जान्छन् ।

२०.मुखबाट पेटसम्म पुग्न खानालाई ७ सेकेण्ड लाग्दछ ।

२१. बच्चाहरुमा प्रौढमा भन्दा बढी स्वाद कोसिका हुन्छन् ।

२२. हाच्छीउँ गर्दा नाकबाट निस्कने हावाको गति १०० माइल प्रति घण्टा हुन्छ ।

२३. तपाईको फिलाको मांसपेशी नै सबै भन्दा ठूलो मांसपेशी हो ।

२४. सबैभन्दा सानो हाड कानमा हुन्छ ।

२५. मानिसको शरीरलाई सोडियम क्लोराइड वा नुन होइन कि सोडियम आवश्यक पर्छ ।

२६. तपाईको छाला घाममा डढ्दा शरीरमा पानीको मात्रा निकै कम हुन्छ ।

२७. खाना भन्दा पनि पानी नै शक्तिको मुख्य श्रोत हो ।

२८.शरीरमा भएको पानी र तेललाई निकालिदिने हो भने कलेजोको मद्दतले अन्य अंगहरु चल्दछन् ।

२९. मधुमेह कि वंशाणुगत कारणले कि हाम्रो खानपानका कारणले लाग्ने रोग हो ।

३०. धेरै नुन भएको खानाले मधुमेहका साथै अन्य रोगहरु लाग्ने गर्दछन् ।

३१. ११ वर्ष भन्दा माथिका मानिसहरुले एक दिनमा १५०० मिलिग्राम वा तीन चौथाई चम्चा भन्दा बढी सोडियम लिनु हुदैन ।

३२. नुनले गर्दा शरीर सुन्निने, शरीरले बढी तरल पदार्थ सोस्ने र फोक्सो तथा मृगौलामा संक्रमण हुने गर्दछ ।

– डा. गौतम कस्यप, पिएचडी

0 comments:

Post a Comment