Saturday, 7 November 2015

‘एयरबसमा गन्ध आएको’ भन्दै विमान आकस्मिक अवतरण गराइयो |

  

काठमाडौं, कार्तिक २१ । हङकङका लागि उडेको नेपाल वायु सेवा निगमको विमानमा प्राविधिक समस्या आएपछि पुनः त्रिभुवन विमानस्थलमा अवतरण गराइएको छ ।


विमान उडेको ५५ मिनेटपछि प्राविधिक समस्या आएपछि विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो । बिहान ११ बजेर २० मिनेटमा हङकङका लागि उडेको एसएसडब्लु ४०९ एयरबसमा गन्ध आएको भन्दै चालकलेविमानस्थलमा ल्याएर सुरक्षित अवतरण गराएका हुन् ।
विमान अवतरण गराउने क्रममा सेड्युलमा रहेका केही विमान उड्न र अवतरणका लागि करिब आधा घण्टा रोक लगाईएको थियो । अहिले विमानस्थल संचालनमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईले जानकारी दिए ।

0 comments:

Post a Comment