Friday, 6 November 2015

एकपटक भन्दा बढी विहे गर्ने नेपाली नायक नायिका


कार्तिक, काठमाण्डौ । सिने क्षेत्र यस्तो क्षेत्र हो जहाँ कलाकारहरुको निकै चर्चा हुन्छ । उनिहरुको कामको अलावा प्रशशंकहरुले निजी कुरामा पनि चासो राखेका हुन्छन् । आफुलाई मन पर्ने सेलिब्रेटीहरुका पर्दा बाहिरका कुराहरु थाहा पाउँदा प्रशंसकहरु पनि निकै खुसी हुन्छन् । यस्तै आज हामी तपाईँलाई नेपाली सेलिब्रेटी जसले सिने क्षेत्रमा निकै सफलता पाएका तर वैवाहिक जिवनमा त्यति राम्रो सफलता पाएनन् ती सेलिब्रेटीहरुको बारेमा बताउँदै छौ । 


छबि ओझा निर्माता 

छबि ओझाले सिने क्षेत्रमा सफल निर्माताको छबि बनाए तर वैवाहिक जिवनमा भने असफलताको छबि बनाए । उनले नायिका रेखासँग विवाह गरे तर लामो समयसम्म उनीहरुको सम्बन्ध टिक्न सकेन । रेखासँग विवाह गर्नु भन्दा पहिले उनको दुईओटा विवाह भईसकेको थियो । तेस्रो घरबारको असफलता पछी उनको नाम जोडीयो नायिका सिल्पा पोख्रेलसँग । नायिका सिल्पा र छबिको सम्बन्धको बारेमा निकै चर्चा भयो । सिनेमा लज्जाको प्रमोशनका क्रममा उनिहरुले विवाह गर्ने खबर मिडियासामु नआएको पनि होइन । तर सिनेमा रिलिज सँगै यो चर्चा पनि सेलाउँदै गयो । 

शकंर बि.सी. नृत्य निर्देशक 

शकंर बि.सी.ले हजारौ गितहरुको निर्देशन गरिसकेका छन् । बर्दियाका शकंरले काठमाण्डौ आएपछी जिवनमा राम्रो सफलता पाए । उनि निकै राम्रो नृत्य गर्छन् र निर्देशन पनि । यहि क्षेत्रको यात्राको क्रममा पहिले नै विवाहित शकंरको प्रेम चल्यो गायिका तथा मोडल निशा सुनुवारसँग । निशासँगको प्रेमलाई उनले विवाहमा परिणत गरे र हाल निशाले शकंरलाई एक छोरीका पिता बनाएकी छिन् । निशा हाल अमेरीकामा छिन् भने शकंर नेपालमै । 

निखील उप्रेती 

नेपाली सिनेमाका एक्सन अभिनेता निखिल उप्रेती केहि समयको अन्तरपछी फेरी चम्कीएका छन् । सिनेमा भैरवको रिलिजसँगै निखिलले यस क्षेत्रमा पुर्नआगमन गरेका हुन् । भैरव पछी उनको अर्को सिनेमा लुटेरा पनि रिलिज हुने तयारीमा छ । सबैलाई थाहा भएकै कुरा हो उनी अभिनेत्री सचिंता लुईटेलका पती हुन् भन्ने । तर सचिंतासँग विवाह गर्नुभन्दा पहिले नै निखिल विवाहित थिए । उनले आफ्नी पहिलो पत्नी कोपिलालाई डिभोर्स नदिएरै सचिंतासँग विवाह गरेका हुन् । 

सचिंता लुईटेल 

दुई सन्तानकी आमा बनेकी अभिनेत्री सचिंताले पनि निखिलसँग दोस्रो विवाह गरेकी हुन् । सचिंताको पहिले आकास अधिकारीसँग विवाह भएको थियो । दर्जनौ सिनेमामा काम गरेकी संचीताको सफलताको जती चर्चा गरेपनि पुग्दैन । सिनेमाको सफलतासँगै विवाह गरेर केहि समय सिनेमाबाट टाढा रहेकी सचिंता फेरि यही क्षेत्रमा फर्किएकी छिन् । 

पुजा चन्द अभिनेत्री 

पुजा चन्दले गायक राजु लामासँग दोस्रो विवाह गरेकी हुन् । उनको पहिलो विवाह सुरज चन्दसँग भएको थियो । पहिलो विवाहबाट पुजाकी एक छोरी छिन् । हाम्रो सानो घर होला , सहर, वर पीपल जस्ता चर्चित सिनेमामा पुजाले अभिनय गरेकी छिन् । 

उदित नारायण झा 

उदितको पहिलो विवाह रन्जनासँग भएको थियो । नेपाली सुगम सगिंतमा राम्रै सफलता पाएका गायक उदितले रञ्जनालाई डिभोर्स नदिई दिपासँग दोस्रो विवाह गरेका हुन् । हाल बलिउडमा छाएका गाएक उदित र दिपाका एक छोरा छन् आदित्य ।आदित्य पनि बलिउडमा सघंर्ष गरिरहेका छन् । 

भुवन के.सी. अभिनेता 

भुवन केसीले अभिनेत्री शुश्मीता के.सी.लाई दोस्रो पत्नीको रुपमा भित्राए । भुवनले सिनेमामा पाएको सफलतासँगै व्यक्तिगत कुराको पनि निकै चर्चा हुन्छ । उनि कहिले विवाहको कारण चर्चामा आए त कहिले जिया के.सी. सँगको प्रेमले । शुस्मीता र भुवनका छोरा अनमोल केसीले नेपाली रङ्गक्षेत्रमा नै सक्रिय छन् । सिनेमाका महंगा नायक बनिसकेका अनमोलले राम्रो सफलता पाउने सकेंत देखिएको छ ।

0 comments:

Post a Comment