Friday, 6 November 2015

टेम्पु चलाएर डेभिड बेकहृयाम भक्तपुरमा (भिडियोसहित)


पेट्रोलको लाईन छाडेर बेकह्याम लाई हेर्न दरबार स्क्वायारसम्म


इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयाम टेम्पु चलाएर भक्तपुर गएका छन्। बीबीसीको एक डकुमेन्ट्री सुटिङका क्रममा शुक्रबार काठमाण्डौं आएका हुन्। त्रिभुवन विमानस्थलमा उत्रिए लगत्तै भक्तपुर गएका उनले भक्तपुरको सल्लाघारीबाट आफै ट्याम्पो चलाएर दरबारस्क्वायर पुगेका थिए। उनले दरबारस्क्वायर र सँगैको भूकम्पले क्षति पुर्‍याएको पद्योमदय हाईस्कुलको अवलोकन गरेका छन्।
भक्तपुर दरबारस्क्वायरमा बेकहृयाम आउने थाहा पाएपछि उनलाई हेर्न सर्वसाधरण उल्लेख्य रुपमा जम्मा भएका थिए। पेट्रोलको लाईन छाडेर बेकह्याम लाई हेर्न पुगेका युवायुवतीले निकै समय सम्म बेकह्यामको नाममा हुटिङ पनि गरे।
डकुमेन्ट्री खिच्ने र यूनिसेफलाई सहयोग जुटाउन सात महाद्वीपमा पुगेर फुटबल खेल्ने योजना अनुरुप नेपाल आएका बेकहृयामले आजै अपरान्ह टौमदीमा बालबालिकासंग फुटबल खेलेका छन्। उनले पद्मोदय हाईस्कुलका विद्यार्थीसँग फुटबल खेलेका हुन्।
झण्डै पन्ध्र मिनेटसम्म बेकहृयामसंग फुटबल खेलेका बालबालिकाले आफुहरु अत्यन्तै खुसी बनेको प्रतिक्रिया दिए।
खेल सकिए लगत्तै केहीलाई अटोग्राफ दिएका बेकहृयामलाई भीड बढेपछि माईक्रोको पछाडिको भाग प्रयोग गरी सवारी साधनसम्म पुर्याईएको थियो। बेकहृयामलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रँदा विमास्थल प्रहरीले कडा सुरक्षा दिएको थियो भने सोही सुरक्षाका साथ भक्तपुर पुर्याईएको हो। उनी सनिबार फर्किने कार्यक्रम छ। 
हेर्नुहोस् भिडियो 

0 comments:

Post a Comment