काठमाडौं । यो तस्विरका दुई पात्र को हुन ? यी पात्रलाई नचिन्ने सायदै कम होलान । तस्विरमा दाँयातिरका पात्र हुन गणतन्त्र नेपालका दोस्रो उपराष्ट्रपति नन्दबहादुर पुन । बाँया तिरका भने एमाओवादी अध्यक्ष प्रचण्डका सुपुत्र प्रकाश दाहाल हुन ।
यो तस्विरलाई एक पटक गहिरोसँग नियालेर हेर्नुहोस त । एकले अर्कालाई यसरी अंगालो हालेका छन कि मानौं यी दुई कुनै बाधा बन्देज बिना उन्मुक्त अबस्थामा छन र साथी साथीको रुपमा एक अर्कालाई अंगालेमा बाधिरहेका छन् ।
उपराष्ट्रपति पुनसँग यसरी अंगालो मारेर खिचेको तस्विर बिहिवार प्रकाश दाहाल स्वयमले आफ्नो फेसवुक पेजमा पोष्ट गरेर सार्वजनिक गरेका हुन् ।
तस्विरमा दाहाल उपराष्ट्रपति पुनसँग टाँसिएर बसेका छन र पुनले दाहालमाथि धाप मारेका छन् । ‘सम्माननिय उपराष्ट्रपति संग’ भनेर प्रकाशले पोष्ट गरेको तस्वि कुन ठाँउमा खिचिएको हो त्यो भने केही खुलाईएको छैन । तर, तस्विर हेर्दा उपराष्ट्रपतिको कार्यलमा खिचाएको जस्तो देखिन्छ ।
उनीहरुले महसुस गरे या गरेनन् । तर, यहाँ उपराष्ट्रपति पदकको मर्यादा मिचिएको छ । तस्विर हेर्दा न यसबारे उपराष्ट्रपति पुन हच्किएका छन न त दाहाल नै ।
बिगतमा उनीहरु जस्तोसुकै सम्बन्धमा रहेको भए पनि पुन अहिले समग्र ३ करोड नेपाली जनताको प्रतिनिधित्व गर्दै उपराष्ट्रपति बनेका छन र मर्यादाक्रममा पनि देशको दोस्रो नम्बरमा छन् ।
एउटा उच्च मर्यादाको पदमा आसिन रहेका व्यक्तिले आफ्नो पदको गरिमालाई कायम राख्नलाई कसरी प्रस्तुत हुने भन्ने बारे सचेत हुनै पर्छ र त्यही अनुसारको व्यवहार प्रदर्शन पनि गर्नुपर्छ । तर, यसमा पुनले जानेर हो वा नजानेर त्यसलाई कायम राख्न सकेका छैनन् र हल्का रुपमा प्रस्तुत भएका छन् । जसले उनी स्वयम र पदको मर्यादालाई बढाउने होइन घटाउँन काम गरेको छ ।
निकै त्यागी र राष्ट्रवादी मानिएका पुन स्वयम यस्तो तस्विर खिच्न राजी भए वा दाहालको दवावमा हो त्यो भने प्रष्ट छैन । यद्यपि प्रकाशले सार्वजनिक गरेको तस्विरले उपराष्ट्रति पदको गरिमा भने घटाएको छ ।
दाहालले आफ्नो फेसवुक पेजमा यो तस्विर सार्वजनिक गरेपछि त्यसमा प्रतिक्रिया जनाउने धेरैले पदको मर्यादामा आँच आउने काम गरेको भन्दै उनको चर्को आलोचना गरेका छन् ।
बेला बेलामा विवादमा आइरहने प्रचण्ड पुत्र प्रकाश दाहाल भने बिगत केही समय देखि सुधारिएको धेरैले ठानेका थिए र उनीबारे त्यस्ता कुनै पनि विवादित खबर बाहिर आएका पनि थिएनन् । तर, पछिल्लो घटनाले भने दाहाललाई फेरी विवादमा तानेको छ ।
अर्कातिर स्वच्छ छविका मानिएका पुनको लागि यो ‘पहिलो गासमा ढुंगा’ भनेझै भएको छ । यो प्रकरणबाट पाठ सिकेर उनले पद्को मर्यादालाई बचाई राख्ने काममा लाग्नुपर्छ ।









0 comments:
Post a Comment