Thursday, 5 November 2015

राष्ट्रसंघमा कमलले साँचो बोल्दा भारतभर हंगामा, यसरी डरायो भारत !!

काठमाडौं , १९ कार्तिक । संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पुगेका उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले भारतले सीमा नाकामा आवागमन रोकेर आम नेपालीमाथि संकट सृजना गराउन खोजेको बताएपछि भारतभर हंगामा मच्चीएको छ ।

थापाले आफु भावनामा आएर बोलेको नभई सीमा नाकामा भएको वास्तविकता बोलेको उल्लेख गरेका थिए । सम्मेलन स्थलमै भारतका अधिकारी र नेपालका प्रतिनिधिविच यही विषयलाई लिएर वादविवाद भएको थियो । लगत्तै भारतीय प्रतिनिधिहरुले नेपालमा द्वन्दकालिन घटना देखि नै मानव अधिकार हनन भैरहेको र अहिले जातीयताको नाममा मधेसमा विभेद श्रीजना गरिन लागेको उल्लेख गरेको थियो ।
यस पश्चात् कमल थापाले कडा प्रतिक्रिया दिँदै नेपालको संविधान नेपालीले बनाउन पाउने की नपाउने भनेर प्रश्न राखेका थिए । यस पछि विश्वले भारतको हेपाहा चरित्र थापा पाए अनि भारत विश्वसामु नांगो भयो । भारतले अन्तर्राष्ट्रिय मञ्चमा बेइज्जत महसुस गरेपछि भारतभर हंगामा मच्चीएको छ । अधिकांश भारतीयहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको सिमित स्वार्थका कारण भारतको बेइज्जत् भएको बताउन थालेका छन् भने भारतीय सञ्चार माध्यमहरुले पनि भारत सरकारको विदेश नीति गलत भएका कारण यस्तो अवस्था आएको बताएका छन् ।
भारतमा जनता र मिडियाले समेत सत्तो सराप गरेपछि प्रधानमन्त्री मोदी पनि तनावमा परेका छन् । उनले नाकाबन्दी खोल्नका लागि विभिन्न उपाय खोजी गरिरहेका छन् । भारतका व्यापारीहरुले समेत प्रधानमन्त्रीको कदमले ठुलो घाटा परेको भन्दै विरोध गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्रि मोदीको दादागिरीका कारण नेपालसँगको सम्बन्ध र व्यापार खोसीन लागेको बताएका छन् ।
कमल थापाले विश्वलाई नाकाबन्दीका बारेमा जानकारी गराएपछि त झन् भारतीय जनताले आफ्नै प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । उनीहरुले सरकार विरोधी आन्दोलन समेत थालेका छन् । भारतका विभिन्न स्थानमा नेपाल भारत मैत्री सम्बन्ध कायम राख्न माग गर्दै प्रदर्शनहरु सुरु भएको भारतीय सञ्चार माध्यमहरुले नै जनाएका छन् । नेपाल सन्देश बाट ।

1 comment:

  1. "SATYA MEBA JAYATE" Modi is fraud. cheat Modi is uneducated Gawar he does not know diplomacy he does not know politics as well

    ReplyDelete