Thursday, 8 October 2015

ओलीले कोइरालालाई यसरी भने–‘प्रधानमन्त्रीमा मलाई सघाउनोस्’ (भिडियो) |

  







काठमाडौं, असोज २१ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न नेपाली कांग्रेसलाई औपचारिक आग्रह गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक जारी रहेकै बेला विहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न लिखित आग्रह गरे।
ओलीले एमालेको नेतृत्वमा सरकार गठन गर्ने ‘भद्र सहमति’बाट पछि नहट्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।


कांग्रेस नेतृत्वमा सरकार गठन गर्न दुई दलबीच भएको सात बुँदे  र संविधान जारी गर्ने सन्दर्भमा भएको १६ बुँदे सहमतिसँगै आगामी दिनमा पनि दलहरुबीचको एकता कायम राख्नुपर्ने ओलीले उल्लेख गरेका छन् । ओलीको आग्रहपछि प्रधानमन्त्री कोइरालाले भने आफू केन्द्रीय समिति बैठकको निर्णयअनुसार चल्ने बताए ।

0 comments:

Post a Comment