पाकिस्तानले भारतसँग २ हजार भन्दा बढी परमाणु बम बनाउने क्षमता रहेको रिपोर्ट सार्वजनिक गरेको छ ।
पाकिस्तानी सेना प्रमुखको चेतावनीः युद्ध शुरु भए सहनै नसक्ने क्षती ब्यहोर्नु पर्ला !
पाकिस्तानको नीतिगत योजना बनाउने प्रभावशाली संस्था नेशनल कमाण्ड अथरिटी (एनसीए)ले भारतसँग परमाणु क्षमता तीव्ररुपमा बढिरहेको र यसकै कारण क्षेत्रीय सुरक्षामा समेत खतरा पैदा भएको रिपोर्ट सार्वजनिक गरेको छ ।
पाकिस्तानको चर्चित दैनिक अखबार डनका अनुसार एनसीएले पाकिस्तानले पनि भारतसँग जुध्नका लागि प्रभावकारी क्षमता विकाश गर्नु पर्ने सुझाव समेत दिएको छ ।
भारत र पाकिस्तानका सेना प्रमुखले एक अर्कालाई लक्षित गर्दै युद्धको चेतावनी दिइरहेको समयमा भारतसँग विनाश गर्न सक्ने विध्वंसकारी सामग्री रहेको रिपोर्ट पाकिस्तानी उच्च संस्थाले निकालेको छ ।








0 comments:
Post a Comment