काठमाडौँ ।
सिने क्षेत्रमा सफल रहेका कतिपय नायिकाहरुको दाम्पत्य जीवन भने असफल छ । असफल दाम्पत्य जीवन भोगेका केहि नायिकाहरुको उदाहरण दिँदै सबैलाई एउटै तुलामा राख्न हामी पछि पर्दैनौँ । थुप्रै नायिकाहरुले बिताइरहेको सफल दाम्पत्य जीवनलाई बिर्सेर हामी नायिकाहरुप्रति नै गलत धारणा राखिरहेका हुन्छौँ ।
राम्रा कुरालाई बेवास्ता गर्दै नराम्रा कुराहरुलाई कोट्याउन र त्यस्मै आनन्द मान्ने हाम्रो बानी भइसकेको छ । त्यो मानसीकतालाई हामीले फेर्न आवश्यक छ । त्यसैले सफल दाम्पत्य जीवन बिताइरहेका केहि नायिकाबारे बताउँदै छौँ ।
करिश्मा मानन्धर
करिश्मा मानन्धरले चलचित्र निर्मातालाई नै आफ्नो जीवन साथी बनाईन् । सिने क्षेत्रमा प्रवेश गर्ने बित्तिकै उनको विनोद मानन्धरसँग भेट भयो । एकअर्काप्रति आर्कषित भए । सम्बन्धलाई विवाहको रुप दिए । उमेरमा केहि अन्तर भएपनि उनीहरुबीचमा फाटो आएको चर्चा सुनिएको छैन । करिश्मा र विनोदको छोरी नै अहिले नायिका बन्न लायक भइसकेकी छिन् ।
लोकप्रीयता कमाउन सफल नायिका करिश्माप्रति आर्कषित हुने अहिले पनि कम छैनन् । उनको उमेर ढल्कीँदै गएपनि सुन्दरता अझै उस्तै रहेको धेरैले चर्चा गर्ने गर्छन । कम उमेरमै विवाह गरेकी करिश्मा र विनोदको सुमधुर सम्बन्धबाट धेरैले सिक्न सक्छन् ।
झरना थापा
सिने क्षेत्रलाई चिनाउने अर्को नायिकाको नाम हो, झरना थापा । सुन्दरी नायिका अहिले पनि उस्तै सुन्दर छिन् । थुुप्रै वर्ष सिने क्षेत्रमा चम्कीन उनी सफल भईन् । अहिले पनि उनी कतिपय फिल्महरुमा नायिकाको रुपमा नै देखिने गरेकी छिन् ।
झरनाले पनि चलचित्र निर्मातालाई नै आफ्नो पति बनाईन् । चलचित्र निर्माता सुनिल कुमार थापासँग उनले १७ बर्षको उमेरमा नै विवाह गरेकी हुन् । सुनिल कुमार थापासँग विहे गरेपछि उनलाई सिने क्षेत्र अझै सहज बनेको थियो । यो जोडिको अहिले एउटा छोरी छिन् ।
झरना र सुनिले छोरीको नाम सुहाना राखेका छन् । यो जोडीमा पनि वैनश्यता वा असन्तुष्टिका स्वरहरु बाहिर निस्कीएको सुनिएको छैन । त्यसैले झरना र सुनिलको यो दाम्पत्य जीवनलाई पनि सफल नै मान्नु पर्छ ।
ऋचा घिमीरे
सिने क्षेत्रमा प्रवेशसँगै ऋचा घिमिरेले काली सुन्दरीको उपमा पाईन् । छोटा पहिरनमा अभिनय गर्न उनले हिच्कीचाईनन् ।
उनले अभिनय गरेका चलचित्रहरुले खासै सफलता नपाए पनि ऋचा घिमिरेलाई गुमनाम रहनु परेन । सिने क्षेत्रमा प्रवेश गरेपछि चलचित्र निर्देशक शंकर घिमिरेसँग नजिक भइन् ऋचा । उनीहरुको निकटताले दम्पत्तिकै रुप लियो । मायाप्रेममा रहेका नायिका र निर्देशकको दुई सन्तान मायाको फल बनेर निस्कीएका छन् ।
अहिले अमेरिकामा रहेका ऋचा र शंकरले उतै घर समेत बनाईसकेका छन् । यो जोडि पनि सफल जोडिको रुपमा देखिएको छ ।
मेलिना मानन्धर
नेपाली सिने क्षेत्रको चर्चीत र स्थापित नाम मध्येको अर्को नाम हो, मेलिना मानन्धर । मेलिनाले आफुभन्दा केहि बर्ष कान्छा मुकेश ढकालसँग २०५६ मा बिहे गरेकी हुन् । उमेरले जेठी भएपनि मेलिना र मुकेशको जोडी निकै मिलेको छ ।
आफु स्थापित भइसकेपनि उनले सिने क्षेत्रमा उदाउँदै गरेका मोडल मुकेशसँग विवाह गरेकी हुन् । हाल उनिहरुकी एक छोरी छिन् । जसको नाम उनिहरुले मेलिस्का राखेका छन् । मुकेश भने अहिले अमेरिकामा छन् ।
अरुणीमा लम्साल
रेखा थापा, झरना थापाजस्ता चर्चित नायिकाहरुको प्रतिस्पर्धी नायिका हुन्, अरुणीमा लम्साल ।
तर, अहिले उनी सिने क्षेत्रबाट अलि टाढीएको भान दर्शकले गरिरहेका छन् । आफ्नो मान्छे आफ्नो हुन्छ, धड्कन, सन्तानलगायत दर्जनौँ फिल्ममा अभिनय गरेकी उनी अहिले अमेरिका छिन् । उनले बैंकमा काम गर्दै आएका अमीत अर्यालसँग विवाह गरेकी हुन् ।
अहिले अमित र अरुणीमा आफ्नी छोरी अक्षताको साथमा अमेरिकामा छन् । खोज्दै जाने हो भने असफल दाम्पत्य जीवन भएका भन्दा सफल दाम्पत्य जीवन बिताइरहेका नायिकाहरु नै बढी भेटिन सक्छन् । दाम्पत्य जीवन असफल हुनुमा नायिका भन्ने पद भन्दा व्यक्तिको भूमिका बढी हुन्छ । स्रोत रेडियो अडियो








0 comments:
Post a Comment