Friday, 9 October 2015

भाँचियो विश्व चर्चित सिसाको पुल


glass-bridge-759बेइजिङ – चीनमा साहसिक यात्राका लागि पर्यटकहरुलाई लक्षित गरेर बनाइएको सिशाको पुल भाँच्चिदा यात्रूहरुमा निराशा छाएको छ । ३ हजार ४ सय ५० फिट अग्ला पहाडहरु जोड्ने यस पुल यात्रूहरुको उच्च चापका कारण भाँचिएको हो ।
सोमबार सयौँको संख्यामा पर्यटकहरु चीनको हेनानप्रान्तस्थित युन्ताई पहाडको यस पूलमा आएका थिए । पुल भाँचिएपछि यात्रूहरु तत्कालै गायब भए । युन्ताईशान रिर्सोटका प्रमुखले बताएअनुसार पर्यटकहरु छाडेका ठूला थर्मसका कारण यस सिशाको पुल भाँचिएको हो । केही समयका लागि पुल बन्द गरिएको छ । यसअघि गत सेप्टेम्बर २० मा यो पुल पहिलो पटक खोलिएको थियो । सिशाको पुललाई धेरैले अनौठो र रोमान्चकारी यात्राका लागि प्रयोग गर्न रुचाएका थिए ।

0 comments:

Post a Comment