Friday, 9 October 2015

१५ सय किलोमिटर टाडाबाट रुसद्वारा आइएसमाथि आक्रमण


(एजेन्सी) रुसले सिरियामा रहेका आतंककारी विरुद्ध समून्द्रबाट पनि हमाला सुरु गरेको छ । रसियन नेवीका चार सैनिक जहाजले बुधबार १५ सय किलोमिटर दुरीबाट २६ क्रुज मिसाइल प्रहार गरेका छन् । क्यास्पियन सागरबाट सिरियाको इलाकामा भएको यस हमलामा आईएसआईएसका ११ जनाको मृत्यु भएको छ ।
russia_1444218720रुसी रक्षामन्त्री सर्जेई शोइगले यसको पुष्टि गरेका छन् । उनका अनुसार यस हमालामा आतंककारीलाई ठूलै नोक्सानी भएको छ । यस हमालाका दौरान कोही पनि सर्वसाधारणको मृत्यु नभएको उनको दाबी छ । रुसले क्यास्पियन सागरमा जहाज राख्दा इरान र अन्य देशले समेत यसको समर्थन गरेका छन् । यसअघि नै रुसले सिरियामा हवाई हमाला जारी राखेको थियो । थुप्रै मिडिया रिर्पोटहरुले रुसले गरेको हमालाका कारण आईएसआईएस थुप्रै इलाकामा कमजोर देखिएको दाबी समेत गरेका छन् । रुसले पछिल्लो एक हप्तामा सिरियामा १ सय २० हवाई हमाला गरिसकेको छ । पछिल्लो चार वर्षयता सिरियामा गृहयुद्ध जारी छ । फ्रि सिरियन आर्मीजस्ता थुप्रै दस्ता राष्टपति बशर अल असदको समूहसँग लड्दैछन् । इस्लामिक स्टेटले पनि सिरियाका केही भागमा कब्जा जमाएको छ । राष्टपति असदले यस्तो प्रतिकूल अवस्थामा आफ्नो सत्ता जोगाउन रुसको सहायता लिइरहेका छन् ।
सिरिया मुद्धामा रुस र अमेरिका फरक धारमा
अमेरिकाले राष्टपति असदलाई हटाउन चाहेको छ । यता, रुस खुलेरै उनको समर्थनमा छ । असदको विरोधमा बेलायतसहित थुप्रै युरोपेली देशहरु समेत छन् । असदको सेनाले अहिले इस्लामिक स्टेट तथा पश्चिमको समर्थन लिएका बाँकी सैन्य दस्तासँग भिडन्त गरिरहेको छ । रुसले यस भिडन्तमा असदलाई गतिलो साथ दिएको छ । अमेरिकाले रुसले सिरियामा आईएसआईएस सक्रिय नरहेका इलाकामा मात्रै हवाई हमाला गरेको दाबी गरेको छ । अमेरिकाका अनुसार रुसले असदका विद्रोही जनता रहेको इलाकामा हमाला गरेको हो । यसअघि रुसले टर्कीको विमानलाई समेत अवरोध सिर्जनना गरेको थियो । जसबाट अमेरिका हच्किएको थियो । अहिले रुसको साथमा सिरिया, इरान र इराक पनि छन् । त्यस्तै अमेरिका, बेलायत र टर्कीजस्ता देश रुसको विरुद्धमा छन् । अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले अब सिरियाको गृहयुद्ध अन्तर्राष्टिय राजनीतिको हिस्सा बनिसकेको बताएका छन् । यसै विषयलाई लिएर शितयुद्ध निम्तन सक्ने अनुमान समेत लगाइएको छ । संसारका दुई ठूला सुपर पावर अमेरिका र रुस सिरियालाई बहाना बनाएर एक अर्कासँग युद्ध गर्न उद्धत देखिएका छन् । अमेरिका बशर अल असदलाई हटाउन चाहन्छ र उनको सट्टामा सत्तामा आफ्नो लाल मोहरजस्तो व्यक्ति राख्न चाहन्छ । असदका विद्रोहीलाई हतियार, पैसा र तालिम समेत उपलब्धि गराएको अरोप अमेरिका माथि छ । यस्ता अवस्था रुसले असदको मद्धत गरेपछि दुई ठूला राष्ट्रपतिको सम्बन्ध अझै खराब बन्दैछ ।

0 comments:

Post a Comment