काठमाडौं, असोज । आफ्नो सात महिने नवजात शिशु अर्कैलाई धर्मपुत्री दिन तयार भए पनि अवैध रुपमा कुवेतमा बस्दै आएकी सुनसरीकी कमला आचार्य नेपाल फर्कन पाएकी छैनन् ।करीब ३ वर्षदेखि कुबेतमा गैरकानूनी तवरले बस्दै आएकी सुनसरीकी कमला आचार्यले छिमेकी जिल्ला मोरङका झरारी राजबंशी संगको संसर्गबाट छोरीलाई जन्म दिएकी थिइन् । तर गैरकानूनी बसाई भएकोले त्यसरी जन्मिएको छोरीलाई साथमा लिएर कमलालाई नेपाल आउन कुबेतको कानूनले वाधा पु¥यायो ।खोज्दै जाँदा कमलाले ७ महिने छोरीलाई धर्मपुत्रीको रुपमासमेत स्वीकार गर्ने दलित एकता संजाल कुबेतकी सदस्य रहेकी दाङ् धनौरी ६ की माया बीसी भेटिन् ।
त्यस पछि उनी नेपाल फर्किने कानूनी प्रक्रिया पूरा गर्न कुवेत प्रहरी समेत पुगिन् । तर आममाफी नखुलेको भन्दै उनलाई नेपाल फर्कने बाटो खुलेन ।करिब साढे चार वर्ष पहिला घरेलु महिला कामदारको रुपमा कुबेत गएकी कमलाको तान्जिप कम्पनीमा अवैध रुपमा कार्यरत राजबंशीसंग चिनजान भएको थियो । निरन्तरको टेलिफोन कुराकानीपछि सम्बन्ध यति कसियोकी कमला गर्भधारणको गर्ने अवस्थासम्म पुगीन् ।राजबंशीलाई अहिले कुवेत प्रहरीले पकाउ गरी नेपाल फर्काउन कानूनी प्रक्रिया शुरु गरेको छ भने कमला आममाफीको पर्खाईमा छन् ।
कमला श्रीमानको मृत्यूपछि छोरा छोरीको लालनपालनका लागि कुवेत गएकी थिईन भने राजबंशीका पनि एक छोरी श्रीमती छन् ।

0 comments:
Post a Comment