Friday, 9 October 2015

बलिउड अभिनेताहरु, जसले आफूभन्दा बढि उमेरकीलाई पत्नी बनाए



विवाहमा महिला भन्दा पुरुषको उमेर बढि हुनुपर्ने मान्यता रहँदै आएको छ। अधिकाशं विवाहमा त्यो नै लागू हुने गरेको छ। कतिपय सन्दर्भमा भने त्यो विपरित पनि रहने गरेको छ। बलिउडमा यस्ता पनि थुप्रै चर्चित अभिनेताहरु छन् जसले आफूभन्दा बढि उमेरकालाई आफ्नो जीवनसाथि रोजेका छन्।






सुनिल–नरगिसः बलिउडका पुराना सुपरस्टार सुनिल दत्त र स्व. नरगिस दत्तबीच जम्मा पाँच दिनको उमेर अन्तर छ । नरगिसको ५५ वर्षको उमेरमा मृत्यु भएको थियो ।






अभिषेक–ऐश्वर्याः अभिषेक बच्चनभन्दा ऐश्वर्या राय दुई वर्षले जेठी छिन् । अभिषेक ३९ वर्षका भए भने ऐश्वर्या ४१ की भइन् । सन् २००७ मा बिहे गरेका यी दुईबाट एक छोरी पनि जन्मिसकेकी छिन् ।






फरहान–अधुनाः बलिउडका मेधावी गायक, अभिनेता तथा निर्देशक फरहान अख्तर आफ्नी श्रीमतीभन्दा ७ वर्षले कान्छा छन् । फरहान ४१ वर्षका भए भने उनी श्रीमती अधुना भवानी ४८ की भइन् । उनीहरुले सन् २००० मा बिहे गरेका थिए । सँगै हिँड्दा फरहान पत्निभन्दा धेरै कान्छा देखिन्छन् ।




सैफ–अमृताः सैफ अली खान र उनकी पहिलो श्रीमती अमृता सिंहबीच उमेरमा १२ वर्षको अन्तर छ । सन् १९९१ मा बिहे गरेर २००४ मा सम्बन्धबिच्छेद गरेका सैफ हाल ४५ वर्षका भए भने अमृता ५७ वर्षकी भइन् । सैफकी दोस्रो श्रीमती करिना भने सैफभन्दा १० वर्षले कान्छी छिन्।



धनुष–ऐश्वर्याः रजनीकान्तका ज्वाईं धनुष र छोरी ऐश्वर्याबीचको उमेर अन्तर ६ महिनाको छ । सन् २००४ मा बिहे गरेका धनुष श्रीमतीभन्दा ६ महिना कान्छा हुन् ।






अर्जुन–मेहरः पछिल्लो समय सम्बन्धबिच्छेदको हल्लामा परिरहेका अर्जुन रामपाल र उनकी श्रीमती मेहर जेसियाबीच २ वर्षको अन्तर छ । सुपर मोडल मेहर ४४ वर्षकी भइन् भने अर्जुन ४२ वर्षका भए । उनीहरुले सन् १९९८ मा बिहे गरेका थिए ।



आदित्य–जरिनाः पुराना अभिनेता आदित्य पाञ्चोलीकी श्रीमती ६ वर्षले जेठी छिन् । हालै रिलिज भएको फिल्म ‘हिरो’ मा अभिनय गरेका सुरज पाञ्चोलीका अभिभावक आदित्य र उनकी श्रीमती जरिना वहावले सन् १९६८ मा बिहे गरेका हुन् ।

0 comments:

Post a Comment