काठमाडौँ, २१ असोज– भारतले नेपाल स्वतन्त्र राष्ट्र भएको भन्दै जहाँ बाट तेल ल्याए पनि आफुहरुलाई कुनै आपत्ति नभएको बताएको छ ।
बिहीबार विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतले यस्तो बताएको हो । भारतले नेपाल स्वतन्त्र राष्ट्र भएकाले आफूलाई अत्यावश्यक वस्तु कुन देशबाट लिने कुनबाट नलिने भन्ने नेपालीकै रोजाइको विषय भएको बताएको छ। पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरुको जवाफ दिँदै प्रवक्ता विकास स्वरुपले यस्तो बताएका हुन् ।
चीनसम्बन्धी प्रश्न तथा जिज्ञासाहरु लगातार पन्छाएका उनले अन्तमा भने– "अर्कै देशबाट सामान लिने तपाईँसँग नलिने भन्छन् भने उनीहरुलाई स्वागत छ। उनीहरु स्वतन्त्र राष्ट्र हुन् उनीहरुको आफ्नो च्वाइसेज छन्, तर जुन रोटी बेटीको नाता छ, सांस्कृतिक नाता छ, त्यो त भारतसँग मात्रै छ। त्यो कुनै अरु देशले कसरी प्रतिस्थापन गर्न सक्छ? यो नेपाललाई पनि राम्रोसँग थाहा छ।"
पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ आपूर्ति नगरेपछि एयरलिफ्ट गर्न नेपाल आयल निगमले ग्लोबल टेन्डर खुला गरेकै दिन भारतको यस्तो प्रतिक्रिया आएको हो।
‘यस्तै उनले घोषित, अघोषित कुनै पनि नाकाबन्दी नगरेको बताए । उनले आफुहरुले ‘हामीले अफिसियल तथा अनअफिसियल कुनै पनि नाकाबन्दी नगरेको भन्दै अहिले नेपाल भारतका नौ वटा सीमा नाकामा भएका अवरोधहरु नेपालको भूमितर्फ भइरहेका र हरेक दिन ट्रकहरु नेपालभित्र पस्न कुरिरहेको दाबि समेत गरे ।
साथै प्रवक्ता स्वरुपले जबसम्म राजनीतिक रुपमा समस्याको समाधान निकालिँदैन, तबसम्म भारतबाट सामान नेपाल जान नसक्ने भन्दै नाकाबन्दी लम्बिने संकेत गरे। नेपालमा एन्टी इन्डिया सेन्टिमेन्ट बढिरहेको र चाइनासँग सहयोग लिने धम्कीलाई कसरी लिनुभएको छ ? अर्का एक पत्रकारको जिज्ञासामा उनले आफुहरुको अडान अडान क्लियर भएको भन्दै संविधानमा संशोधन भएमा वर्तमान गतिरोध अन्त्य हुने बताए ।








0 comments:
Post a Comment