Friday, 16 October 2015

भारतको नाकाबन्दीको बारेमा संयुक्त राष्ट्र संघले बिज्ञप्ति जारि गर्यो !

काठमाडौँ, २९ असोज - भारतीय नाकाबन्दीले आपूर्ति बन्द भएपछी देखा परेको खाद्य संकटलाई मध्ये नजर गर्दै सयुक्त राष्ट्रसंघले शुक्रबार एक बक्तब्य जारि गरेको छ | काठमाडौँ स्थित संयुक्त राष्ट्र संघका समन्वयकर्ताको कार्यालयले शिशिर यामको आगमन अगावै भूकम्प अति प्रभावित उच्च हिमाली भेगमा अत्यावश्यक सामग्रीको आपूर्ति गरि सक्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जनाएको छ |

 भूकम्पबाट प्रभावित भएका उच्च स्थानमा समुदायलाई कार्तिक १५ भित्रै खाद्य पदार्थ र बसोबासका सामग्री आपूर्ति गर्न नसके ठंदिको मारबाट उनीहरुलाई जोगाउन कठिन हुने जनाउदै उक्त कार्यालयका मानवीय समन्वयकर्ता जेमी म्याकगोल्डरिक्ले १२०० मेट्रिकटन अस्थायी आवासका सामग्री ढुवानी हुन नसकेको बताउनु भएको छ |

इन्धनको चरम अभावको कारण विभिन्न जिल्लाका गोदाममा थन्किएका ती सामग्रीका ढुवानी एवं आपूर्तिमा अबरोध भएकोले हिमपात हुनु अगावै मानबीय सहायताका कार्य कार्यन्वयनमा ध्यान दिनु जरुरि भएको उहाले आज जारि गर्नु भएको बक्तव्यमा उल्लेख छ | आपूर्ति अवरोध चाँडो सुचारु गर्न पनि उहाले सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु भएको छ | रासस

0 comments:

Post a Comment