काठमाडौ – हिमालय टेलिभिजनमा धमलाको हमला संचालन गर्दै आएका पत्रकारले नेपाली अभिनेत्रीहरुमाथि गरेको प्रश्नले अहिले सामाजिक संजालमा ठूलो बहसको बिषय बनाएको छ । अभिनेत्री प्रियंका कार्कीपछि धमलाले अर्की अभिनेत्री ऋचा शर्मालाइ सोधेको प्रश्नले चर्को आलोचना भोगिरहेको छ । उनले अभिनेता विनय श्रेष्ठसँग बिहे नगरेपनि बिहेपछि गर्ने काम गर्नु भयो या भएन भनेर प्रश्न गरेका छन् । धमलाको यो प्रश्नले एउटा पत्रकारको अचारसंहिताको सिमा नाघेको छ ।
उनले विनयसँग कति रात बिताउनु भयो भन्ने प्रश्न पनि गरेका छन् । जुन एक जिम्मेवार पत्रकारले अभिनेत्रीलाई गर्न मिल्ने प्रश्न होइन । धमलाले कुन व्यापारीको पैसाले गाडी चढ्नुभयो भनेर प्रियंकालाई प्रश्न सोधेका थिए । उनको प्रश्नसँगै बस्ने शैलीको पनि चर्को आलोचना भैरहेको छ ।चर्चाले नकारात्मक मोड लिन थालेपछि ऋचाले फेसबुकमा स्टयाटस लेखेर स्पष्टिकरण दिएकी छिन् । र अभिनेत्री शर्माले फेसबुकमार्फत धमलालाई प्रश्न सोध्नु अघि पहिला आफ्नी श्रीमतीसँग ती प्रश्नहरुको बिषयमा छलफल गर्न पनि आग्रह गरेकी छिन् ।
तर सामाजिक सन्जालमा धमलालाई अन्तर्वाता दिन जानु नै गल्ती भन्ने टिप्पणी पनि भईरहेका छन् र यो टिप्पणी उति अस्वाभाविक पनि लाग्दैन । धमलाको शैलीसँग हर कोही जानकार छ । त्यसैले धमलाको कार्यक्रममा नजानु बुद्धिमानी हुन्थ्यो तर आगो लागेपछि कुवा खनेर काम हुन्न । पहिलो कुरा हरेक कलाकारलाई अन्तर्वाता दिन जाने नजाने अधिकार हुन्छ ।
अझ गईसकेपछि पनि ऋचालाई कार्यक्रममा सोधेका प्रश्न चित्त नबुझेको भए उनले कार्यक्रम प्रसारण नगराउन अनुरोध गर्न सक्थिन् । सायद अन्तर्वाताले यति धेरै हंगामा गर्ला भन्ने ऋचालाई अनुमान भएन । तर यो प्रकरणबाट कलाकारले पाठ सिक्न सक्छन्, कसलाई अन्तर्वाता दिने र नदिने ? किनकी हिमालयन टेलिभिजनबाट प्रसारण हुने अर्को कार्यक्रमले पनि सरोज खनालको हुर्मत लिएको थियो ।









0 comments:
Post a Comment