काठमाण्डौ ६ असोज / नेपाली साङगेतिक क्षेत्रमा उदाएकी गायिका आसा पुनले मंगलबार बिष सेवन गरी आत्महत्या गरेकि छिन । घरमा श्रीमानसंग भनाभन परेको भोलीपल्ट गायिका पुनले आत्महत्या गरेको प्रहरी बताउछ ।
उनले हालै रामचन्द्र काफले संग तिम्रो दिलको पोष्टमा गोल गर्न चाहन्छु भन्ने बोलको गित समेत सार्वजनी गर्न नपाई आत्महत्या गरेकी छिन । उनको यो गित बजारमा आउने तयारी भइरहेको छ ।
गायिका पुनले आत्महत्या गर्नुको कारण अहिले सम्म नखुलेपनि श्रीमानसंग झगडा परेकोले आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले बताएको छ ।








0 comments:
Post a Comment