Wednesday, 23 September 2015

संविधान घोषणा पछिका मन हर्ने दृश्य (फोटो)


काठमाडाैं–असोज तीन गते साँझ ५ः५५ बजे राष्ट्रपतिले जब नयाँ संविधानको घोषणा गरे तब संविधान सभा भवनको धर्ती र अाकास एकाएक गुञ्जियो। संविधान सभाहल र परिसर टेवल ठटाएको, ताली पिटेको र हुटिङको चर्को ध्वनीले उल्लासमय बन्यो। अाकाशमा अतिसबाजी सुरू भयो। चट्याङ..चुटुङ..अावाज निकाल्दै अाकाशमा उत्रिएर डुङ्ङ.. पड्किने पटकाको कलात्मक एवं चम्किलो उज्यालो हेर्न लायक थियो।
संविधान सभा भवनको त्यो उल्लासको ध्वनी तरंग फैलदै सिंगो नयाँबानेश्वर क्षेत्र तरंगित बन्याे। बानेश्वरको सडकमा संविधान घोषणाको ब्यग्र पतिक्षामा रहेका हजाराैं सर्वसाधारण चिच्याए–‘नेपाल...नेपाल..’, ‘नयाँ संविधान जिन्दावाद..’, ‘हाम्रा नेता जिन्दावाद।’

संविधान घोषणा नेपाली जनजनका लागि चीर प्रतिक्षित दिन थियो। अन्ततः त्यो दिन ‘२०७२ असोज ३’ बनेर अायो। सधै अान्दोलनको घेरामा रहदै अाएको संविधान सभा भवन बानेश्वर क्षेत्र अभूतपूर्व उल्लासमा झुम्यो। सधै गाली र खप्की खादै अाएका नेता, सभासदलाई वाहवाही र स्वावासी बर्सियो।

 IMG 0930

IMG 0745
IMG 0903
IMG 0747
IMG 0899
IMG 0787
IMG 0916
IMG 0811
IMG 0917
IMG 0924
IMG 0926

0 comments:

Post a Comment