काठमाडौं, असोज ६ । एमाले अध्यक्ष केपी ओलीले संविधानसभाले नेपाली जनताका लागि संविधान बनाएकाले अरु कसैले टाउको दुखाउनु नपर्ने बताएका छन् ।
नेपालको बाम आन्दोलनकी अगुवा नेतृ सहाना प्रधानको पहिलो वार्षिकीको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले ‘संविधानको विषयमा अरु कसैले टाउको दुखाएर विवाद तन्काउनु आवश्यक छैन’–भने
।
सानो र अप्ठेरो परिस्थितिमा रहेको नेपाललाई जे पनि गर्न पाइन्छ भनेर मित्रहरुले सोच्न नहुने उनको भनाइ थियो ।
भारतले अंगिकृत नागरिकताधारीलाई वंशजकोसरह मान्यता खोजेको भन्ने चर्चा चलिरहेको सन्दर्भमा ओलीले अंगीकृत नागरिकतावालाहरुलाई तत्काल राष्ट्रको उच्च पदमा पुर्याउने गरी बाटो खोल्न नसकिने पनि स्पष्ट पारे ।
निर्वाचन क्षेत्रहरुको सन्दर्भमा पनि तलमाथि गर्न नसकिने भन्दै उनले जनसंख्यालाई मात्रै आधार मान्ने हो भने कर्णालीका जिल्लामा एउटै निर्वाचन क्षेत्र नबन्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी मोर्चाले उठाउँदै आएको २२ बुँदे र ८ बुँदे मागलाई अहिलेको संविधानले सम्बोधन गरिसकेको भन्दै उनीहरुलाई शान्तिपूर्ण राजनीतिमा फर्कन आग्रह गरे ।
मुलुकमा राजनीतिक क्रान्ति सफल भएको भन्दै उनले अब देश आर्थिक क्रान्तिको दिशामा अघि बढ्ने बताए ।
सो अवसरमा एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालले उत्कृष्ट संविधान बनेको भन्दै अब यसको कार्यान्वयन गर्न सकिए मुलुकले काँचुली फेर्ने दाबी गरे ।

0 comments:
Post a Comment