Wednesday, 23 September 2015

७ जना महिलालाई बेच्न लैजाँदै गरेका गिरोह पक्राउ


काठमाडौं, असोज ६ । ७ जना महिलालाई बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले गिरोहसहित महिलाहरुलाई नियन्त्रणमा लिएको छ ।

महिलाहरुलाई झापातर्फ लैजाँदै गरेको गिरोहलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दावा दोर्जे तामाङ र दावा तामाङ रहेका छन् । गिरोहका तीनजना भने फरार रहेका छन् ।

उनीहरुले महिलालाई नयाँदिल्ली हुँदै इराक पुर्‍याउन खोजेको बताइए पनि महिलाहरुलाई भारतमै बिक्री गर्ने उद्देश्य रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले १० लाख चोरी गरेको आरोपमा काठमाडौ टोखाका समीर गुरुङलाई पनि पक्राउ गरी बुधबार गरेको छ ।

0 comments:

Post a Comment