Wednesday, 30 September 2015

कान्तिपुरबाट - ब्लड-मनी बुझाएमा अमर बमलाई मृत्युदण्ड नहुने


नयाँदिल्ली, असोज - एक भारतीय नागरिकको हत्या अभियोगमा १२ बर्षदेखि संयुक्त अरब इमिरेट्स(युएइ)को दुबइस्थित कारगारमा थुनामा रहेका दार्चुलाका अमरबहादुर बमले मृतक व्यक्तिको परिवारलाई ब्लड-मनी बुझाएमा मृत्युदण्डबाट छुट्कारा पाउन सक्ने एक बरिष्ठ युएइ अधिकारीले बताएका छन्।

न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभाको साइडलाइनमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसाग भेटवार्ता गर्दै युएइका विदेश मन्त्री अब्दुल्लाह बिन जाइद अल-नहृ्यनले नेपाली नागरिक बमले ब्लड-मनी बुझाएपछि मात्रै आममाफी पाउन सक्नेु जानकारी गराएका हुन्।

न्यूयोर्कस्थित कान्तिपुर प्रतिनिधिले दिएको जानकारीमा दुबइ कारागारमा रहेका र मृत्युदण्ड तोकिएका ३८ बषिर्य बमका बारे जिज्ञासा राख्नासाथ युएइ विदेश मन्त्रीले मृतक परिवारलाई ब्लड-मनी बुझाएको खबर आउनासाथ बमलाई जेलमुक्त गर्न कानूनी प्रकृया थाल्न सकिने आश्वासान दिएका थिए।

दार्चुलाको धारी गाविस ३ का अमरबहादुर बम सन् २००२ को डिसेम्बर २३ मा भारत हुादै दुबइ गएका थिए। भारतीय मार्बल कम्पनीको मालिकले युएइमा राम्रो रोजीरोटी दिलाउने भनेर लगेकोमा दुबइ उत्रिएको एक महिनामैं उनी भारतीय नागरिक शरद सेठ्ठीको हत्या अभियोगमा पक्राउ परेका थिए।

भारतीय दुइ ब्यापारीको निजी सवारी चालक रहेकै अवस्थामा बुर-दुबइस्थित एक इण्डियन क्लबमा भएको हत्या प्रकरणमा चालक बमसहित अरु तीनजना भारतीय जेल चलान भएका थिए। आफूले अरबी बोलचाल र लेखिएको कागजी भाषा समेत नबुझेकाले दुबइको प्रारम्भिक अदालतमा भारतीय नागरिकको हत्यामा संलग्न रहेको भन्दै बयान दिएको बमले बताउादै आएका थिए।



0 comments:

Post a Comment