काठमाडौं, असोज । रुसी राष्ट्र्पति भाल्दिमिर पुटिनले इस्लामिक स्टेट आइएस बिरुद्धको लडाईमा सिरियाली सरकारको मद्दत नगर्नु ठूलो भूल भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा पुटिनले इस्लामिक स्टेट बिरुद्ध सिरियाको साथ दिएको भए आइएसको पकड कुनै पनि हालतमा बलियो नहुने बताए ।
उनले आइएस बिरुद्ध लडिरहेका अन्य राष्ट्रबीच समन्वय हुनुपर्ने विचार ब्यक्त गरे । यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा जारी गृहयुद्ध समाप्त पार्न ठोस सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।
ओबामाले आइएस बिरुद्धको लडाईमा रुस, अमेरिका र इरान एकजुट हुनपर्ने बताएका थिए । उनले सिरियाका राष्ट्रपति बसर अल असदले अहिले पनि रसायनिक हतियार प्रयोग गरी निहत्था जनताको ज्यान लिइरहेको सन्दर्भ कोट्याउँदै अव असदले पद त्याग गर्नुपर्ने विचार ब्यक्त गरे ।
यसैबीच अमेरिकी राष्ट्रपति बाराम ओबामा र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनबीच अमेरिकामा भेटवार्ता हुने भएको छ । रुसी राष्ट्रपति पुटिन संयुक्त राष्ट्र संघमा सहभागिताका लागि अमेरिका पुगेका बेला ओबामासँग भेट गर्न लागेका हुन ।
यसअघि रुसी विदेशमन्त्री सेगेई लाभरोभ र उनका अमेरिकी समकक्षी जोन केरीबीच पनि भेटवार्ता भएको थियो । (एजेन्सी)









0 comments:
Post a Comment