Tuesday, 22 September 2015

नयाँ संविधान दक्षिण एसियाकै नमूना : अर्थमन्त्री, विरोध गर्नु अराजक : स्वास्थ्यमन्त्री


पोखरा, असोज ४ । अर्थमन्त्री डा. रामशरण महतले नयाँ संविधान दक्षिण एसियाकै नमूना र समावेशी भएको बताएका छन् ।

नेपालको नयाँ संविधान २०७२ जारी भएको खुसियालीमा सोमबार पोखरामा गरिएको उत्सव सभालाई सम्बोधन गर्दै मन्त्री महतले संविधानमासमग्रमा संविधानले सबैको भावना समेटेको बताए ।

गणतन्त्र, संविधानसभा, नयाँ संविधान र संघीयताका लागि हिजो सँगै लडेका दलहरुनै आज विचलित भइ नयाँ संविधान र संघीयताको विरुद्धमा लागेको उनको दाबी थियो ।

अशान्ति, द्धन्द्ध, हिंसा, बन्द, हडताल छोडेर नयाँ नेपाल निर्माणमा जुट्न महतले सबैसँग आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारीले संविधानको विरोध गर्नु अराजक र कानुनविपरितको काम भएको बताए ।

देशका ९५ प्रतिशतभन्दा बढी जनताले खुसियाली मनाइरहेको अवस्थामा विरोध गर्नुको कुनै औचित्य नहुने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेका सचिव शंकर पोखरेल, एनेकपा माओवादीका नेता जनार्दन शर्मालगायतका नेताहरुले सबै समुदायको भावना समेटिएको समावेशी संविधान जारी भएको बताए ।

0 comments:

Post a Comment