Tuesday, 22 September 2015

भोली दिल्लीमा नेपालका ८ नेताको पुत्ला जल्दै काली बाबा र स्वामी बालकृष्ण पनि सहभागी हुदैँ ,हिन्दुराष्ट्र नलेखिएपछि ...






newsabhiyan

दिल्ली । नेपाललाई विश्वको एकमात्रै सनातन हिन्दु राष्ट्रको ताजकी खोसेर धर्म निरपेक्ष मुलुक गराएपछि नेपालका ९४ प्रतिशत ओमकार परिवार मात्र होइन भारतमा रहेका हिन्दुवादी देखि लिएर विश्वभरि छरिएका हिन्दुहरु आक्रोषित भएका छन् ।
नेपाली काग्रेस , एमाले र एमाओबादी तीन राजनीतिक दलका केहि नेताहरुको मनोमानी ढंगले मुलुकलाई धर्मनिरपेक्षता घोषणा गरेपछि हिन्दुवादीहरु आक्रोषित भएका हुन् ।
नेपाललाई हिन्दु राष्ट्र कायम गराउन नेपालका हिन्दुवादीहरुले विभिन्न कार्यक्रम गरिरहेका बेला भारतको नयाँदिल्लीस्थित जन्तर मन्तरमा प्रबासी नेपालीहरुले भोली असोज ५ गते नेपालका ८ नेताको पुत्ला दहन कार्यक्रम रहेको छ ।
नेपालको नयाँ संविधान २०७२ मा नेपाललाई सनातन हिन्दु राष्ट्र कायम नगराएको भन्दै प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एमाओवादीका अध्यक्ष प्रचण्ड, संविधान सभाका सभाध्यक्ष सुभाष नेम्बाङ, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई धर्म निरपेक्ष बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै ती नेताहरुको पुत्ला जलाउने कार्यक्रम तय भएको आयोजक एसपी मेमोरियल शिक्षा निकेतनका संयोजक इन्जिनियर विष्णुप्रसाद बरालले न्युज अभियान डटकमलाई बताए।
पुत्ला दहन कार्यक्रममा स्वामी १००८ काली बाबा,पतञ्जली योग पीठ भारतका स्वामी बालकृष्ण, शिवसेनाका अगुवा मास्टर थापा, एसपी मेमोरियलकी अध्यक्ष लक्ष्मी बराल लगायतको उपस्थिती रहने संयोजक बरालले बताए । भोली जन्तर मन्तरमा ८ नेताको पुत्ला जलाएर २४ घण्टै अनसन कार्यक्रम पनि रहेको उनले बताए । उनी हिन्दु राष्ट्र लाओ नेपाल बचाओका संयोजक समेत हुन् ।
बरालकै सक्रियतामा गत भाद्र १३ गते दिल्ली स्थित जन्तर मन्तरमा हिन्दु राष्ट्रको माग गर्दै विशाल जनसभाको आयोजना भएको थियो ।
अनसनमा बस्नु पूर्व नेपाललाई संविधानमा धर्म निरपेक्ष राष्ट्र उल्लेख गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा नेपालका अध्यक्ष कमल थापा लयायतको पुत्ला जलाउने कार्यक्रम रहेको छ ।

0 comments:

Post a Comment