काठमाडौं: भूपरिवेष्ठित राष्ट्रको हैसियतले नेपालले भारतबाट बन्दरगाहको अधिकार प्रयोग गर्दै आएको छ । भारतले नेपाललाई उसका २६ वटा बन्दरगाह प्रयोग गर्न अनुमति दिएको छ ।
नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भारतले नेपाललाई कम्तीमा एउटा बन्दरगाह र त्यो बन्दरगाह पुग्ने बाटो प्रयोग गर्न दिनुपर्ने अन्तर्राष्ट्रिय कानुन छ । अहिले नेपालले भारतको कोलकाता बन्दरगाह र विसाखपट्टनम बन्दरगाह हुँदै आयत–निर्यात गर्दै आएको छ ।
भारतले नाकाबन्दी गरे पनि ती दुईमध्ये एक बन्दरगाह र त्यहाँसम्म पुग्ने बाटो र नाका नेपालले प्रयोग गर्न पाउँछ ।
-नयाँ पत्रिका दैनिकबाट








0 comments:
Post a Comment