संसारका केही कुरा दिगो छैनन् । सम्बन्ध पनि यही भित्रका हुन् । निश्चित सिमा सकिएपछि सम्बन्धले पनि अन्त्यको रुप लिनैपर्छ । केही सम्बन्ध स्वार्थमा टुट्छन् त केही परिस्थितिमा । आफ्नो उद्देश्य पुरा गर्नका निम्ति बलिउडका अभिनेत्रीहरुले आफ्ना प्रेमीसँग सम्बन्ध तोडेको यहाँ प्रस्तुत गरिएको छ । यी सम्बन्ध स्वार्थमा टुटे या परिस्थितिमा ?
आलिया भट्टः कम उमेरमै बलिउडमा चल्तिको अनुहार बनेकी अलिया हाल सिुद्धार्थ कपुरसँग प्रेममा रहेको बताइन्छ । अली दरकारसँग बच्चैदेखिको सम्बन्ध उनले फिल्मक्षेत्रमा आएपछि तोडिन् ।
दीपिका पादुकोण: हाल रणवीर सिंहसँग प्रेममा रहेकी दीपिका बलिउड छिर्नुअघि निहार पाण्ड्याको प्रेममा रमाइरहेकी थिइन् । फिल्मतिर लाग्नुअघि दीपिका र निहार बिहे नगरी एकै घरमा बस्थे । जब उनी ओम शान्ति ओमबाट डेब्यु गरिन्, तब यी दुईको सम्बन्धमा पूर्णविराम लाग्यो ।
अनुष्का शर्माः फिल्ममा आउनुअघि अनुष्का र उनका प्रेमी जोयब युसुफ नायक नायिका बन्ने सपना बोकेर सँगै बम्बई पसेका थिए । जोयबले कुनै फिल्म नपाउँदा अनुष्काले ‘रब ने बना दि जोडी’ मा शाहरुख खानसँग जोडी बाँध्ने मौका पाइन् । त्यसपछि जोयब र अनुष्काबीचको सम्बन्ध सकियो ।
प्रियंका चोपडाः प्रियंका मोडलिङमा संघर्ष गरिरहँदा असिम मर्चेन्टकी प्रेमिका थिइन् । मिस वल्र्ड बनेपछि प्रियंकाले असिमलाई छोडिन् । हाल प्रियंकाले कसैसँग प्रेममा नरहेको बताउँदै आइरहेकी छिन् ।
सोनाक्षी सिन्हाः सोनाक्षी सिन्हा पनि कसैसँग सम्बन्धमा नरहेको बताउँदै आइरहेकी छिन् । उनी बलिउडमा छिर्नुअघि आदित्य श्राफसँग प्रेममा थिइन् । पाँच वर्ष लामो प्रेम सोनाक्षी बलिउड छिरेपछि सकियो ।
ज्याकलिन फर्नान्डिजः बलिउड छिर्नुअघि ज्याकलिन बहराइनका राजकुमार हसन बिन राशिद अल खलिफासँग प्रेममा थिइन् । सन् २००९ मा अलादिन फिल्म खेल्न पाउने भएपछि ज्याकलिनले खलिफासँगको सम्बन्ध तोडेर भारत छिरिन् ।
ऐश्वर्या रायः ऐश्वर्या राय जब मोडलिङमा संघर्ष गर्दै थिइन् त्यतिबेला उनी राजीव मुलचन्दानीको प्रेममा थिइन् । बलिउड फिल्मले तानेपछि राजीवसँगको सम्बन्ध चुडाँलिन् ।
कंगना रनावतः कंगनाले बताएअनुसार उनी कुनै प्रेमसम्बन्धमा छैनन् । तर, उनी फिल्ममा संघर्ष गरिरहँदा अध्यायन सुमनसँग प्रेममा थिइन् । बलिउडमा सफलता मिल्दै गएपछि उनले सुमनलाई छोडिन् । पछि सुमनले कंगनाले आफूलाई मिसयूज गरेको बताएका थिए।
फ्रिडा पिन्टोः चर्चित फिल्म ‘स्लमडग मिलेनियर’ मा अभिनय गरेक फ्रिडा फिल्ममा आउनुअघि रोहन एन्टोसँग प्रेममा थिइन् । अझ उनीहरुबीच बिहे गर्ने तय भएर इन्गेजमेन्टसमेत भइसकेको थियो । फिल्ममा आएपछि इन्गेजमेन्टसमेत तोडिन् ।








0 comments:
Post a Comment