Sunday, 6 September 2015

सान मारिनोको पोष्टमा इङ्गल्याण्डको ६ गोल, वायन रुनीले बनाए किर्तिमान



काठमाडौं, भदौ २० । सान मारिनोलाई हराँउदै इङ्गल्याण्ड अर्को वर्ष फ्रान्समा आयोजना हुने युरो कप फुटबलको लागि छनौट भएको छ ।
समुह ई अन्तर्गतको खेलमा इङ्गल्याण्डले सान मारिनोलाई ६-० ले हरायो । यो जितसँगै इंग्लण्ड युरोकप फुटबलको लागि छनौट भएको छ ।
यो खेलमा एक गोल गरेपछि वायन रुनीले देशका लागि सर्वाधिक गोल गर्ने सर बबी चार्लटनको किर्तिमान भेटाएका छन् ।
चार्लटन र रुनी दुबै जनाले इंग्लण्डका लागि ४९ गोल गरेका छन् । यो किर्तिमान आफ्नो नाममा राख्न रुनीले अब एक गोल गरे पुग्नेछ ।
युरोकप छनौटको अर्को खेलमा इंग्लण्डले यही मंगलवार स्विट्जरल्याण्डसँग खेल्नेछ ।
शनिबार राती भएका अन्य खेलहरुमा स्पेनले स्लोभाकियालाई २-० ले हरायो भने स्विट्जरल्याण्डले स्लोभेनियालाई ३-२ ले पराजित गर्‍यो ।
यसैगरी युरोकप छनौटकै अन्य खेलहरुमा युक्रेनले बेलारुसलाई ३-१ ले, रुसले स्विडेनलाई १-० ले तथा अष्ट्रियाले मल्दोभालाई १-० ले हराएका छन् ।

0 comments:

Post a Comment