Sunday, 6 September 2015

रोजर फेडेरर युएस ओपन टेनिसको प्रि क्वाटरफाईनलमा प्रवेश


काठमाडौं, भदौ २० । शिर्ष खेलाडी रोजर फेडेरर युएस ओपन टेनिसको प्रि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्रान्स्लाम अन्तर्गत तेस्रो चरणको खेलमा जर्मनीका फिलिप कोहल्सराईबरलाई पराजित गर्दै फेडेरर चौथो चरणमा पुगेका हुन् ।
जर्मन प्रतिद्धन्दी फिलिप विरुद्धको खेल पाँच पटकका युएस ओपन च्याम्पियन फेडेररले ६-३, ६-४ र ६-४ को सोझो सेटमा जिते ।
पुरुष एकलतर्फका अन्य खेलहरुमा विजयी हुँदै स्विट्जरल्याण्डका स्टानिस्लास वावरीङ्का, फ्रान्सका रिचर्ड ग्यास्के, दक्षिण अफ्रिकाका केभिन एन्डर्सन र चेक गणतन्त्रका टामस बर्डीच पनि प्रि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
यसैगरी महिलातर्फ चेक गणतन्त्रकी पेट्रा किटोभा, बेलायतकी जो कोन्टा, अष्ट्रेलियाकी समान्था स्टोसर, बेलारुसकी भिक्टोरीया अजारेन्का, रोमानियाकी सिमोना हालेप र ईटालीकी पेनेटा प्रि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

0 comments:

Post a Comment