Tuesday, 8 September 2015

प्रत्यारोपणको लागि मरिसकेको मुटुमा प्राण हाल्न सक्ने नयाँ यन्त्र



“यसले हृदय दानको सङ्ख्यामा ३० प्रतिशत वृद्दि गर्ने अनुमान पनि छ!”
-कुशल श्रेष्ठ
अमेरिकाका अनुसन्धानकर्ताहरूले एउटा नयाँ यन्त्रको आविष्कार गरेका छन्, जसले मरिसकेको मुटुलाई बिउँताउन सक्दछ। शरीरभित्रै धड्किन छोडिसकेको मुटुमा पनि यसले प्राण भर्न सक्दछ। र एकातर्फ यसले मुटु प्रत्यारोपण गर्न खोज्नेहरूको चाहना पुरा गरिदिने भयो भने अर्कातर्फ यसले विशाल नैतिक प्रश्न खडा गरिसकेको छ- “यदि कसैको मुटुलाई अर्कै शरीरमा सुचारु गर्न सकिन्छ भने, त्यस व्यक्तिलाई कसरी ‘मरेको’ भनेर भन्ने?"

 heart-box_1024
अहिले हेर्ने हो भने, मुटु प्रत्यारोपण गर्नको लागि कसैले आफ्नो मुटु तपाईँलाई सुम्पिनुपर्ने हुन्छ, तर मृतक शरीरको मुटु प्रत्यारोपण गर्नु असम्भव जस्तै थियो । तर, यदि कोही व्यक्तिले तपाईँलाई उसको मुटु दिन्छ भने, शरीर जिउँदो हुँदै त्यो मुटुको तापक्रम घटाइन्छ, बिस्तारै मुटुको धड्कन घटाइन्छ, शरीरबाट बाहिर झिकिन्छ र ४ डिग्री तापक्रम कायम गर्न सक्ने एक भाँडोमा राखिन्छ।
४ डिग्री सम्म चिसो बनाउनु भनेको मुटुको काम गर्ने प्रक्रियामा ९० प्रतिशतले कम गराउनु हो, जसले गर्दा चिकित्सकहरूलाई उक्त मुटुबाट अक्सिजन सिद्धिनुभन्दा अगावै अर्कै शरीरमा लगेर जोड्ने समय प्रदान गर्दछ। अमेरिकामा मात्रै वर्षेनी १८० वटा मुटु प्रत्यारोपणको लागि सङ्कलन हुने गर्दछ, तर पनि त्यो सङ्ख्या माग गरेको भन्दा धेरै नै कम हुने गर्दछ र वर्षेनी २,४०० वटा मुटु प्रत्यारोपण भइरहन्छ, जुन सङ्ख्या विगत २० वर्षदेखि जस्ताको तस्तै नै रहेको छ।
‘ट्रान्समेडिक्स’ नामक म्यासाच्युसेट्सको कम्पनीले निर्माण गरेको यो यन्त्रको नाम ‘हार्ट इन अ बक्स’(heart-in-a-box) रहेको छ र यसले मुटुलाई चिसो होइन, न्यानो बनाइराख्छ। शरीरभित्र हुँदा मुटुको तापक्रम जति हुन पर्ने हो त्यति नै बनाइराख्दछ। सुरुमा मृत शरीरबाट निकालिएको मृत मुटुलाई एक जीवाणुरहित भाँडामा राखिन्छ, त्यस भाँडामा मुटुलाई चाहिने अक्सिजन, रगत र पोषक तत्व प्रदान गर्ने ट्युब पनि जडान गरिएको हुन्छ। यो यन्त्र निर्माण गर्ने समूह भन्छन्, “यस्तो प्रक्रियाले मुटुको शरीरभन्दा बाहिर बाँच्ने समय बढाउँदछ।”
यस यन्त्रले मुटुलाई कसरी धड्काइराखेको छ, भिडियो हेर्नुहोस्-
“यो मेसिन बन्नुभन्दा पहिले मानव मुटुलाई शरीरबाहिर जीवित राख्न सकिएको थिएन।” युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रमुख ‘अब्बास अर्देहली’ले भने- “यसले साँच्चै नै चिकित्सा क्षेत्रमा क्रान्ति ल्याएको छ।”
नैतिक प्रश्न
२,५०,००० अमेरिकी डलरको मूल्य पर्ने ‘हार्ट इन अ बक्स’ले थुप्रै नैतिक प्रश्नहरू खडा गरेको छ। जब, मरिसकेको मुटुलाई मेसिनमा राखेर सुचारु गर्न सकिन्छ अनि अर्कै शरीरमा फेरी धड्काउन सकिन्छ भने त्यो मुटुको वास्तविक शरीरलाई कसरी ‘मरेको’ भन्ने?
तर मुटुले मात्र शरिरमा रगतको सञ्चार गर्ने हो, रगतसंगै चाहिने अक्सिजन शरिरमा फैलाउने काम मुटुले गर्छ। दिमाग मरे पछि मात्र मानिसको मृत्यु हुन्छ। सोही मृत्य मानिसमा अर्को मानिसको चलिरहेको मुटु प्रत्यारोपण गरिएपनि सो मानिस ब्युताउन भने सकिदैन। तर सोही मृत व्यक्तिको मुटुले अर्को जीवित व्यक्तिको प्राण बचाउन भने यो यन्त्रले सहयोग गर्नेछ।
पत्रकार सम्मेलनमा ट्रुअगले अझै प्रष्ट पार्दै भने, “ऊ मर्दै छ र उसको अङ्ग प्रयोग गर्नु स्वीकार्य हुन जान्छ। प्रश्न यत्ति मात्रै हो कि, ‘के उसलाई हानी भइरहेको छ?’, र म भन्छु, ‘छैन’! “
भन्ने नै हो भने, यो प्रश्न सोध्न लायक नै छ! अझ, आउने भविष्यमा मरिसकेको मानिसका अङ्गहरूलाई जीवित गराउने प्रविधिहरू त थुप्रै देख्न पाइनेछ र यसले प्रश्नको सिर्जना पनि गर्दै जानेछ, तैपनि प्रविधि यस्तो प्रयोगशाली छ कि नैतिकतालाई एकछिन पाखा लगाउनुपर्ने हुन्छ! प्रविधिले कसैको ज्यान बचाँउछ र अर्को मानिसको ज्यान लिदैन भने त्यो प्रविधि प्रति प्रश्न खडा गरेर फाइदा भने हुदैन। NH बाट |

0 comments:

Post a Comment