एक फ्रान्सेली कम्पनिले अत्याधुनिक प्रविधि समावेस गरिएको डिजिटल टिसर्ट तयार पारेको छ । डि-टिसर्ट नाम दिएको यो टिसर्ट विशेष किसिमको धागोबाट तयार पारिएको हो ।
यसमा भएको सेन्सरको मद्धतले लगाउने मानिसको मुटुको धड्कन, जिपिएस लोकेसन,रुट स्पिड तथा अल्टिच्युड नाप्न सकिन्छ । यसमा रहेको ट्रन्समिटरले यी सुचनाहरु स्मार्टफोनमा ब्लुटुथको मद्धतले पठाउँछ ।
विशेषगरि दौडने क्रममा हुने मुटुको धड्कन,गति नाप्नको लागि यो उपयुक्त छ। यो टिसर्टलाई धुन पनि सकिन्छ तर धुनु अघि ट्रान्समिटर भने निकाल्नु पर्ने हुन्छ। यस्ले दौडने क्रममा हुने क्यालोरी बर्नको समेत जानकारी दिन्छ।
यो उपयोगी टिसर्ट छिट्टै नै बजारमा आउँदै छ। तर यो डि-टिसर्टले काम गर्न यसको एप रहेको स्मार्ट फोन १० मिटरको दुरि भित्र हुनु पर्दछ।








0 comments:
Post a Comment