लास पालमससँगको खेल सुरु तेस्रो मिनेटमा नै घाइते भएका मेस्सी अब २ महिना खेल्न नसक्ने भएका छन् । तेस्रो मिनेटमानै चोटग्रस्त भएका मेस्सीको मैदानमै सुरुवाती उपचार भएको थियो । त्यसपछि खेल्न थालेका मेस्सी १० औं मिनेट नसक्ने भएपछि मैदानबाट बाहिरिएका थिए । मेस्सीको बायाँ खुट्टाको घुँडाको लिगामेन्ट च्यातिएको छ । घाइते भएका मेस्सीलाई तुरुन्त अस्पताल लागिएकोमा उनलाई डक्टरले यस्तो बताएका थिए । यो चोट संगै मेस्सिले ला लिगाका आठ वटा खेल गुमाउने भएका छन् । लास पालमससँगको खेल बार्सिलोनाले २-१ ले जितेको छ ।








0 comments:
Post a Comment