Sunday, 27 September 2015

प्रचण्डपुत्र बाबुरामलाई भन्छन्, ‘देश नै छोड’


Former PM and Senior Leader of CPN (Maoist) Comrade Dr. Baburam Bhattarai
काठमाडौँ, 
राज्यले मधेसको माग सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईलले अन्ततः पार्टी परित्याग गरेका छन् । संविधान सभाबाट ३ असोजमा संविधान जारी हुदाँ पनि मधेस जलिरहँदा जारी गरिएको संविधानको खुसीयालीमा दीपावली नगर्न उनले आग्रह गरेका थिए ।

हुनत भारतीय एजेण्डा बोकेको भनेर आलोचना खेपेका मधेसवादी दल र मधेसवादी दलको एजेण्डा बोकेको भन्दै उनको यसअघि पनि पाटी भित्र र बाहिरबाट समेत चर्को आलोचना हुँदै आएको थियो । उनी मधेसको आन्दोलनको समर्थन जनाउन शुक्रबार जनकपुर जाने कार्यक्रम थियो । स्थानीयले बाबुराम आएको खण्डमा जुत्ताको माला लगाएर स्वागन गर्ने भने सँगै उनी जनकपुर त गएनन नै तर शनिबार आयेजित पत्रकार सम्मेलनमा पार्टी परित्याग गरेको घोषणा गरे । यो घोषणसंगै उनको असलि चरित्र उदाङ्गिएको भन्दै उनको तिव्र आलोचना सामाजिक सञ्जालका भित्ताभरी छाएको छ ।

विगत देखि नै सामाजिक सञ्जालमा आलोचित हुदै आएका भट्टराईलाई यस पटक पनि उस्तै आलोचनना गरिएको पाइन्छ । उनले पार्टी छोडेको घोषणा गरे लगत्तै एकजना सामाजिक सञ्जाल प्रयोकर्ताले त उनलाई ‘भारतले फिर्ता बोलाएको’ समेत संज्ञा दिए । फेसबुकमा लेखेका छन्, भारतले नेपालका लागि भारतीय राजदुत रञ्जित राय र डा. भट्टराईलाई फिर्ता बोलाएको छ ।’

बाबुरामको प्रतिक्रिया सँगै नागरिक अधिकारकर्मी कनक मणीदिक्षितले टविट् गर्दैै भनेका छन्, ‘पार्टी परित्यागगर्दा बाबुरामले धेरै कुरामा प्रतिबद्धता जनाए, कानुनी राज र मानव अधिकारमा अहँ।न ुजनयुद्धु मच्चाएकोमा माफी मागे जनता संग ।’ त्यस्तै सञ्चारकर्मी मात्रृका पौडेलले फेसबुकमा स्टाटस लेखेका छन्
‘बाबुराम भट्टराईद्वारा एमाओवादी पार्टी र गोरखा क्षेत्र नम्बर १ को सांसद सदस्य पदबाट राजीनामा। जाँदा जाँदै बाबुरामले भने माओवादी भत्केको गोठ हो,अब प्रचण्डकहाँ फर्किन्न,साइकल चढ्ने र टुकी बाल्ने राष्ट्रवाद प्रचण्डलाई मुबारक ।’

त्यस्तै सञ्चारकर्मी पुष्प दुलालले लेखेका छन्, ‘ देश टुक्र्याउँछु भन्थे, सकेनन् । लास्टाँ त पार्टी पो टुक्र्याए हौ बाउरामले ।’ त्यस्तै सञ्चारकर्मी ज्ञानेन्द्र खण्डकाले टविट् गर्दैै भनेका छन्, ‘दक्षिणको आज्ञा मान्दै बाबुरामले एमाओवादी पार्टी छाडेकाछन् । अब मधेसका शेरहरुलाई जगाएर आन्दोलनको आगो बाल्ने रे । ’
एमाओवादी महासचिव कृष्ण बहादुर महराका छोरा राहुल महराले लेखेका छन,् भिरमा लडन जाने गोरुलाई राम राम भन्न सकिन्छ काध नै थाप्न सकिन्न ।

यस्तै एमाओवादी अध्यक्ष पुष्कमल दाहालका पुत्र प्रकाशले भनेका छन्, ‘जे गर्न हून्थेन त्यहि गरेपछि । अझैपनि केहि बिग्रेको छैन । भारतले चौतर्फि घेरा हालिरहेको बेला हामी ३ करोड नेपाली त्यसका विरुद्ध एकताबद्द भएर मुकाबिला र सामाना गर्ने बेला पार्टी परित्याग गरेर राम्रो भएन । मधेश लगायत समास्याको राजनैतिक समाधान भईरहेको बेल यो गर्नु कुनै हालतमा ठिक भएन । वास्तवमा बाबुराम भट्टराईको मांग के हो रु म सबै कमरेड साथीहरुलाई विचलित नहून अनुरोध गर्दछु र भारतको हस्तक्षेपकारी नितिको डटेर मुकाबिला गरि राष्ट्रको आत्मनिर्णयको अधिकारलाई सुनिश्चितता गर्न अनुरोध गर्दछु । भारतको संबिधान विरोधी कृयाकलाप र बाबुरामको अहिलेको स्टेपले कतै नै कतै योजनामै भन्ने प्रमाण भएको छ । ब्याक अफ इण्डीया ।

–शोभित थपलिया

0 comments:

Post a Comment