Saturday, 19 September 2015

शीर्ष नेतृत्व यसकारण डराएन मधेस आन्दोलनदेखि


संबिधान निर्माणको प्रक्रिया दुईदिनसम्म (भदौ २५–२६) रोकेर असंतुष्ट मधेसी दलहरुसँग वार्तागर्ने शीर्ष नेताहरुको योजना त्यतिवेला निरर्थक भयो, जतिवेला मधेसी नेताहरुले बैठकमा उपस्थित हुने जाँगर देखाएनन् । त्यसपछि नै हो, शीर्ष नेताहरुको धर्यताको बाँध फुटेको ।
निर्धारित समयमा संबिधान निर्माण नगर्दा आम जनतावाट तिरस्कृत हुने डरले नेताहरुलाई सताइरहेको थियो । अर्कोतिर संबिधान ल्याउँदा मधेसी आन्दोलनले दुख दिने डर पनि छँदैनै थियो । तर नेताहरु मधेसी आन्दोलनको तुलनामा निर्धारित समयमा संबिधान निर्माण नहुँदाको संभावित परिणामवाट बढी डराए ।
शीर्ष नेताहरुले बुझेको पहिलो बुँदा हो, मधेस आन्दोलनमा, आन्दोलन धान्ने एजेन्डा छैन । अर्को बुँदा हो, आन्दोलनमा केही कार्यकर्ता भएपनि जनता छैनन् । मधेसी नेताको आन्दोलन ‘ढिसमिस’ गर्न सक्दा उनीहरुको हैसियत राष्ट्रिय राजनीतिवाट सकिने भएकोले पनि नेताहरु प्रक्रिया रोकेर वार्तागर्ने हिसावमा गएनन् । नेताहरुको समग्र बुझाई चाहि,ं मधेस आन्दोलन उठ्ने अवस्थामा छैन भन्ने नै हो ।
आन्दोलन सुरु भएको १ महिना भइसकेको हुनाले आन्दोलकारी थाक्ने अड्कल पनि छ । बन्द र आन्दोलनले कष्टकर बन्दैजाँदा जनता आजित हुने अर्को अड्कल छ । हिंसात्मक आन्दोलन गरेको र लोकतान्त्रिक प्रक्रियामा नआएको आरोपको सामना पनि आनदोलनकारीले गर्नु पर्ने छ । आन्दोलनलाई कसरी खर्च जुटिरहेको छ भन्ने संवन्धमा पनि सरकार सचेत भएर लागेको बुझिन्छ ।
यसकारण शीर्ष नेता अघि बढे
१. मधेस आन्दोलनमा, आन्दोलन धान्ने एजेन्डा नदेखेर ।
२. आन्दोलनमा केही मात्रामा कार्यकर्ता भएपनि जनता नदेखेर ।
३. मधेसी नेताहरु कम्प्रमाइजमा आउन नचाहेकाले ।
४. सक्ने एजेन्डा वार्ता विना नै पुरा गरिदिने सोच भएकाले ।
५. समग्रमा भन्दा आन्दोलन उठ्ने नदेखेर ।

0 comments:

Post a Comment