सामसुङ कम्पनीले आफ्नो फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी नोट ५ सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको ग्यालेक्सी नोट ५ मा ३२ जीबी मोडेलको मूल्य ५३ हजार ९ सय भारतीय रुपैयाँ र ६४ जीबी मोडेलको मूल्य ५९ हजार ९ यस भारतीय रुपैयाँ तोकिएको छ।
सामसुङ ग्यालेक्सी नोट ५ का विशेषता यसप्रकार रहेका छन्ः
यसको स्क्रिन ५.७ इन्च (१४४०×२५६० पीक्सेल रिजोलुशन) सुपर एमोलेड डिस्प्लेमा रहेको छ।
हार्डवेयर १.५ जीएचजेड ओक्टाकोर एक्सीनस ७४२० प्रोसेसर रहेको छ।
४ जीबी र्याम रहेको मोवाइललाई ३२ जीबी/ ६४ जीबी इन्टरनल मेमोरी दिइएको छ। यसमा बाहिरी मेमोरी कार्ड भने राख्न मिल्ने छैन।
अगाडि ५ मेगापीक्सेल र पछाडि १६ मेगापीक्सेलको क्यामरा मोवाइलमा छ।
एन्ड्रोइड ५.१ ललीपप अपरेटिङ सिस्टममा चल्ने मोवाइलको ब्याट्री ३००० एमएएच पावरको रहेको छ।
डाइमेन्सन १५३.२×७६.१×७.६ मिमिको सो मोवाइलमा ४ जी, ब्लुटुथ ४.०, वाईफाई, जीपीएस, जीपीआरएस, माइक्रो युएसबी पोर्ट २.० लगायतका सुविधाहरु पनि रहेका छन्।








0 comments:
Post a Comment