Tuesday, 8 September 2015

जस्तो लाग्छ मलाई




प्रगतिको बाधक आफ्नै, रहर जस्तो लाग्छ मलाई
तिमीले दिएको अमृत, जहर जस्तो लाग्छ मलाई

शान्तिको सन्देश त गाऊ बाट नै शुरू हुन्छ हैन र?
अशान्तिको झण्डा गाड्ने, शहर जस्तो लाग्छ मलाई

दिनमा चाही सुतेर रातमा काम गर्छू प्रदेशमा
त्यसैले, हरेक गोधुलि, प्रहर जस्तो लाग्छ मलाई

हैकम जमाई छिमेकिले बाध बाधिदीन्छ नदिमा
अब त घरको ऑगन, नहर जस्तो लाग्छ मलाई ।

0 comments:

Post a Comment