झापा , ७ असोज / नेपालको संविधान २०७२ प्रति असन्तुष्टी जनाउँदै आएको भारतले बुधबारदेखि एकाएक नेपालसँग सीमा जोडिएका क्षेत्रमा अघोषित नाकाबन्दी गरेको छ ।पूर्वी नाका काँकरभिट्टाबाट बुधवार विहानसम्म सवारी साधन आवतजावत भइरहेकोमा भारतीय प्रहरीले दिउँसो १२ बजेदेखि अचानक सवारी साधन आवतजावतमा अवरोध गरेको छ ।
भारतीय प्रहरीले माथिको आदेश तथा नेपालमा संविधान जारी भएपछि उत्पन्न परिस्थितिका कारण निर्वाधरुपमा सवारी साधन जान दिन सक्ने अवस्था नरहेको भनी सवारी धनी तथा चालकहरुलाई जवाफ दिने गरेको पीडितहरुले बताएका छन् । भारतीय प्रहरीको अवरोधका कारण नेपाल आउन लागेका सयौं मालबाहक तथा अन्य सवारीसाधन बाटोमै अलपत्र अवस्थामा राखिएका छन् ।
अचानकको अवरोधले हजारौं सर्वसाधारण तथा उद्योगी व्यवसायी मर्कामा परेका छन् । भारतीय प्रहरीले फलफूल, औषधि, सागसब्जीका गाडीसमेत आउन नदिएको तथा मोटससाइकल सञ्चालनमा समेत अनावश्यक दुःख दिएको पीडितहरुले बताएका छन् । यता झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भने उक्त विषयमा आफूलाई केही जानकारी नभएको र यदि त्यसो भएको रहेको रहेछ भने भारतीय अधिकारीहरुसँग कुरा गर्ने बताएका छन् ।
यता भारतीय प्रहरीले भने कुनै खास कारण नवताएपनि माथिको आदेश भन्दै सवारी साधन नेपाल प्रवेशमा रोक लगाएको छ ।
यता भारतीय प्रहरीले भने कुनै खास कारण नवताएपनि माथिको आदेश भन्दै सवारी साधन नेपाल प्रवेशमा रोक लगाएको छ ।








0 comments:
Post a Comment