Monday, 21 September 2015

को को हुन त नेपालको पाँच शक्तिशाली युवाहरू?

४० को हाराहारीमा रहेका ब्यक्तिहरु जो निर्णयगर्ने हैसियत राख्दछन् । शक्तिशालीको सूचीमा तिनै ब्यक्तिहरु परेका हुन् ।
खासगरी युवाहरुलाई नेतृत्व प्रदानगर्ने सवालमा पार्टीहरुले कन्जुस्याई गरेको देखिन्छ । यतिहुँदा हुँदै पनि गगन थापा, योगेश भट्टराई, रवीन्द्र अधिकारी, बर्षमान पुन, रामकुमारी झाँक्री, ठाकुर गैरे लगायतका नेताहरु जर्वजस्ती नै सही उकालो चढ्दै रहेका छन् ।
सञ्चार क्षेत्रको शक्ति प्रदर्शन भएको भयै छ । अर्थ त सवैभन्दा महत्वपूर्ण पक्ष भइहाल्यो । सामाजिक सञ्जालहरुको शक्तिलाई पनि कम आँक्न मिल्दैन । फेरि यी सम्पूर्ण विषयभन्दा शक्तिशाली हुँदो रहेछ, राजनीति । यही आधारमा विषयको छनौट र संवन्धित विषयमा नेतृत्वकर्ताको सक्रियतालाई आधार वनाएर शक्तिशाली ब्यक्तिको नाम सार्वजनिक गरेका हौं ।
५.
चतुर नेता
बर्षमान पुन, सचिव–एनेकपा माओवादी

एनेकपा माओवादी भित्र बर्षमान पुन शक्तिआर्जन गर्दै रहेका नेता हुन् । पार्टी भित्रका दुई समूह संस्थापन र बाबुराम पक्ष दुवैको पुलको रुपमा आफूलाई स्थापित गर्दैरहेका उनी चतुर नेतामा पनि गनिन्छन् । पूर्व अर्थमन्त्री समेतरहेका उनी आउँदा दिनमा एनेकपा माओवादीको नेतृत्व गरेर सरकारमा जाने चर्चामा छन् । भनिन्छ, माओवादी भित्रका लडाकु माझ उनी विश्वासिला पात्र हुन् ।
४.
सामाजिक सञ्जालकी नेतृ
रेखा थापा, अभिनेत्री तथा सामाजिक सञ्जालकी सर्वाधिक लोकप्रिय

अभिनेत्री रेखा थापा सामाजिक सञ्जालमा सवैभन्दा लोकप्रिय छिन् । उनको फेसबुक पेजमा १९ लाखभन्दा बढीले लाइक गरिसकेका छन् । ती मध्ये अधिकांश उनका फ्यान हुन् । भनिन्छ, उनले चाहेको खण्डमा धेरै युवाहरु सडकमा उत्रिन तयार छन् ।
३.
धनी युवा
निर्वाण चौधरी, निर्देशक चौधरी ग्रुप

सवैभन्दा धनी नेपाली उद्योगपति विनोद चौधरीका छोरा उनी चौधरी ग्रुपका वारेस हुन् । अहिले स्वदेशको सम्पूर्ण कारोबार निर्वाण आफैं हेर्छन् । भनिन्छ, चौधरी ग्रुपको सम्पूर्ण अधिकार बोकेर बसेका उनी समय सापेक्ष निर्णय लिन पनि जान्दछन् ।
२.
सञ्चार क्षेत्रका शक्ति
सुधीर शर्मा, प्रधानसम्पादक – कान्तिपुर दैनिक

शाही शासनको विरुद्धमा लोकतान्त्रिक आन्दोलन चलिरहेकावेला तत्कालीन मन्त्रिपरिषदका एकजना उपाध्यक्षले कान्तिपुर पब्लिकेसन्स्लाई आठौं दलको संज्ञा दिएका थिए । समाचारको प्रभावलाई हेर्ने हो भने पनि कान्तिपुर दैनिक अतुलनीय रुपमा अगाडि छ । सुधीर शर्मा त्यही पत्रिकाको ८ बर्षदेखि सम्पादक र केही वर्षयता प्रधानसम्पादकका रुपमा कार्यरत छन् । भनिन्छ, कान्तिपुर समाचारकै कारण धेरै–धेरै विषयहरुमा सरकारले निर्णय परिवर्तन गरेको छ ।
१.
युवाका प्रिय
गगन थापा, लोकप्रिय राजनीतिज्ञ

४० वर्षमुनीका युवामा सवैभन्दा लोकप्रिय र आश गरिएका ब्यक्ति हुन् गगन । नेपाली कांग्रेसको नेता भएर पनि अन्य पार्टीका नेता–कार्यकर्ता माझ समेत उनी प्रिय छन् । नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनमा सवैभन्दा बढी मत ल्याएर जीतेका गगन आउँदो महाधिवेशनमा महामन्त्रीको दावेदार समेत हुन् । सामाजिक सञ्जालमा समेत उनी लोकप्रिय छन् । भनिन्छ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको चुनाव हुने हो भने उनले विजय हासिल गर्ने छन् ।

0 comments:

Post a Comment