'भैरब'बाट धमाकेदार पुनरागमन गरेका निखिल उप्रेतीको अर्को एक्सन फिल्म 'लुटेरा'को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा पनि उनी एक्सन भूमिकामा देखिएका छन्। टिजरमा दयाराम निर्देशित फिल्म कार्तिक २७ गते दशैको छेकोमा रिलिज गरिने पनि जनाइएको छ।
फिल्ममा निखिलका अलावा निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ आदिको मूख्य भूमिका रहेको छ। डेटका कारण फिल्म नखेलेकी प्रियंकाले फिल्ममा एउटा आइटम नम्बर गरेकी छन्।
भैरबले सिगंल स्क्रिनहरुमा राम्रो व्यवसाय गरेको थियो जसमा उनको एक्सनको राम्रै तारिफ गरिए पनि फिल्म कमजोर भएको टिप्पणी प्राप्त गरेको थियो। निखिलको निर्देशन फिल्ममा कमजोर भएको समिक्षा समिक्षकले गरेका थिए।








0 comments:
Post a Comment