Saturday, 6 August 2016

साउदी सरकारको निर्णयले साउदीमा कार्यरत नेपाली कामदार प्रभावित




२१ साउन, काठमाडौं ।
साउदी अरेबियामा आर्थिक समस्या चर्किए सँगै त्यहाँ काम गर्दै आएका सयौं नेपाली कामदार प्रभावित भएका छन ।

धेरै जसो कामदारले लामो समय देखि तलब नपाएको र केहीले रोजगारी नै गुमाएको त्यहास्थित नेपाली दुतावासले जनाएको छ ।

अनौपचारिक अनुमानमा करिब ४ लाख नेपाली कामदार साउदी अरेबियामा रहेका छन । कच्चा तेलको मूल्यमा लगातार आएको गिरावटका कारण साउदी अरेबियाको अर्थतन्त्र हाल चर्को समस्यामा परेको र त्यसको मार त्यहा कार्यरत नेपालीमा पनि परेको हो ।




केही सरकारी परियोजनामा काम गर्ने नेपाली कामदारले विगत ३ र ४ महिना देखि तलब पाउन नसकेको र कतिपयले रोजगारी गुमाउनु परेको बीबीसीले जनाएको छ ।

हाल सम्म ७३ जना नेपालीले साउदी अरेबिया स्थित नेपाली दूतावासमा सहयोगका लागि निवेदन दिएको दुतावासले जनाएको छ । कम्पनी बन्द भएका कारण अलपत्र अवस्थामा रहेका नेपाली कामदारलाई घर फर्काउने प्रयास भैरहेको साउदी अरेबियाका लागि कार्यवाहक नेपाली राजदूत आनन्द प्रशाद शर्माले बताएका छन ।

भारत, पाकिस्तान लगायतका देशहरुले साउदी अरेबियामा बेरोजगार भएर अलपत्र परेका आफ्ना देशका कामदारको बाँकी तलब उपलब्ध गराउन र स्वदेश फर्कन चाहनेलाई फर्काउन प्रयास गरिरहेका छन । गत वर्ष मात्रै एक लाख भन्दा बढी नेपाली कामका लागि साउदी अरेबिया गएका छन ।

0 comments:

Post a Comment