वैशाख, दैलेख।
लामो समयदेखि खेर गैरहेको दैलेखको श्रीस्थान स्थित पेट्रोलियम पर्दाथको चीन सरकारकोे सहयोगमा आएको विशेषज्ञ टोलीले अन्वेषण तथा उत्खनन् कार्य शुरु गरेको छ ।
शनिवार ज्वाला क्षेत्र श्रीस्थानमा एक कार्यक्रका विच उद्योगमन्त्री सोमप्रसाद पाण्डेले अन्वेषण कार्यको उद्घाटन गरी चिनियाँ टोलीलाई अन्वेषण तथा उत्खनन्को जिम्मेवारी हस्तान्तण गरेका हुन् ।

केही महिना अघि उद्योगमन्त्री सोमप्रसाद पाण्डे यस क्षेत्रमा आई ग्यास उत्खनन्का लागि विशेषज्ञहरुको टोली खटाउने उद्घोष गरेका थिए । नेपाल सरकार र चीन सरकार विचको लामो छलफल पछि नेपालमा रहेका पेट्रोलियम पर्दाथका खानीहरुको अन्वेषण तथा उत्खनन्का लागि सम्झौता भएको छ ।
दुई देश विच को सम्झौता पश्चात चीन सरकारले चाओ सिंङ मि को नेतृत्वमा ६ सदस्यीय विशेषज्ञ टोली नेपाल पठाएको हो । मित्र राष्ट्र चिन सरकारको सहयोगमा नेपालमा पेट्रोलियम अन्वेषणको सम्भाव्यता अध्ययन कार्यको उद्घाटन गर्दै मन्त्री पाण्डेले अवको चरण भनेको मुलुकको समृद्धिका लागि नेपालमा रहेका खानीहरुको उत्खनन् गरी उपयोग गर्न जरुरी रहेको वताएका छन् ।
नेपालमा यस्ता ग्यास तथा पेट्रोलियम पर्दाथका खानीहरुका दश ओटा केन्द्रहरु भएको र ती केन्द्र मध्य दैलेख तेस्रो स्थानमा रहेको जानकारी दिदै मन्त्री पाण्डेले यो कार्य दैलेखवाट पहिलोपटक शुरु गरिएको वताए ।









0 comments:
Post a Comment