Friday, 1 April 2016

२०७३ सालमा तीन वटा दसैँ !!!


काठमाडौं, चैत १९ – २०७३ सालमा नेपालमा तीन वटा दसैँ परेका छन् । त्यसैले हिन्दु धर्मावलम्बीहरुले ७३ सालमा तीन वटा दसैँ मनाउन पाउने भएका छन् । तीन वटा दसैं सहितको नयाँ वर्षको पात्रो सरकारले सार्वजनिक गरेको छ ।


मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदाका दिन स्वीकृत गरेपछि बिहीबार नेपाल राजपत्रमा सूची प्रकाशित भएको हो । ०७३ सालमा वडा दसैँ असोज २५ मा परेको छ । यस्तै यसवर्षको चैते दसैँ ०७३ साल वैशाख ३ गते र ०७३ को चैते दसैँ चैत २३ गते परेको हुँदा एकै वर्ष हिन्दु धर्मावलम्बीले तीन वटा दसैँ मनाउन पाउने भएका हुन् ।

यस्तै नेपाल पञ्चाङ्ग निर्णायक समितिले १३ वटा पात्रोलाई नयाँ वर्षको आधिकारिक पात्रोका मान्यता दिएको छ । नयाँ वर्षका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ पात्रो छन् ।

७३ सालका महत्वपूर्ण चाडपर्वहरु निम्न दिन परेका छन् :
 
  • रामनवमी – वैशाख ३
  • महावीर जयन्ती – वैशाख ७
  • मातातीर्थ औंसी – वैशाख २४
  • अक्षय तृतीया – वैशाख २७
  • बुद्ध जयन्ती – जेठ ८
  • गुरुपूर्णिमा – साउन ४
  • नागपञ्चमी – साउन २३
  • जनै पूर्णिमा – भदौ २
  • कुशे औंसी – भदौ १६
  • इन्द्रजात्रा – भदौ ३०
  • हरितालिका तिज – भदौ १९
  • ऋषिपञ्चमी – भदौ २१
  • घटस्थापना असोज – १५
  • महाष्टमी – अजोज २३
  • महानवमी – असोज २४
  • विजयादशमी – असोज २५
  • कोजाग्रत पूर्णिमा – असोज २९
  • कागतिहार – कात्तिक १२
  • भाइटीका – कात्तिक १६
  • छठ पर्व – कात्तिक २१
  • बालाचतुर्दशी – मंसिर १३
  • धान्यपूर्णिमा – मंसिर २८
  • विवाह पञ्चमी – मंसिर १९
  • शिवरात्री – फागुन १३
  • होली – फागुन २९ र ३०
  • घोडे जात्रा – चैत १४
  • रामनवमी – चैत २३ गते

0 comments:

Post a Comment