यसले धूमपानको चाहना कम गर्छ । दिनभर नै थोरै–थोरै गर्दै पानी पिउन आवश्यक हुन्छ । अंगुरको बियाँ अंगुरको बियाँको रस बनाएर सेवन गर्दा शरीरमा एसिडिटीको मात्रा कम गर्छ । यसले धूमपानका कारण शरीरमा पुगेको क्षतिपूर्ति गर्ने काम पनि गर्छ । मह महमा भिटामिन, एन्जाइम र प्रोटिन हुन्छ । नियमित मह सेवन गर्दा सजिलैसँग धूमपानको आदतबाट छुट्कारा पाउन मद्दत मिल्छ । दिनहुँ शुद्ध मह सेवन गर्दा सकारात्मक नतिजा प्राप्त हुन्छ । मुला मुला खानाले ‘चेन स्मोकर्स’ले समेत लतबाट छुट्कारा पाउन सक्छन् ।
अझ महसँग मिलाएर खाएमा छिट्टै राम्रो नतिजा प्राप्त हुन्छ । रातो खुर्सानी रातो खुर्सानीले श्वासप्रश्वास प्रणालीलाई बलियो बनाउने काम गर्छ । यसले धूमपानको चाहनालाई पनि अन्त्य गरिदिन्छ । तरकारीमा पिनेको एक चुट्की रातो खुर्सानी मिलाएर खाएमा तुरुन्त चुरोटको लत कम गर्छ । यसको प्रभाव लामो समयसम्म पर्छ ।









0 comments:
Post a Comment