१८ देखि ४० वर्ष उमेर समूहका अविवाहित तथा एकल महिलामा गरिएको अध्ययनले असुरक्षित सम्भोगका कारण त्यस्ता महिला यौन रोगको उच्च जोखिममा रहेको समेत निष्कर्ष निकालेको छ ।
अध्ययनको नतिजा अनुसार एक जना एकल वा अविवाहित महिलाले औषतमा ४ जना पुरषसँग ११ पटक असुरक्षित यौनसम्पर्क गरेका हुन्छन् ।

एकल तथा अविवाहित महिलाहरुमा यौनप्रतिको इच्छा तिब्र हुने र एक तिहाइ त्यस्ता महिला सम्पर्कका बेला निकै उत्तेजित भएर कण्डम लगायतका सुरक्षित उपायको बारेमा सोँच्न समेत नभ्याउने अध्ययनकर्ताको भनाइ छ ।
त्यस्तै हरेक ५ जनामा एक जना महिलाले आफ्नो पार्टनरको विश्वासका कारण आफुहरुले कण्डम नलगाइकनै सम्पर्कका लागि तयार हुने गरेको बताएका छन् ।
अध्ययन अनुसार १८ प्रतिशत अविवाहित युवतीहरु यौन सम्पर्कका बेला रक्सीले मात्तिएकै कारण असुरक्षित रुपमा सेक्स गर्ने गरेका छन् भने ८ प्रतिशत युवतीहरुले कण्डमको प्रयोग गर्दा मज्जा नआउने भएकाले कण्डम विनै यौन सम्पर्कका लागि तयार हुने गरेको बताएका छन् ।
बेलायतमा गरिएको यो अध्ययनका अनुसार विदाका दिनहरुमा युवतीहरुमा असुरक्षित सेक्सको दर निकै तिब्र हुने गरेको छ । कतिपय अवस्थामा युवतीहरु अपरिचित पुरुषसँग समेत असुरक्षित रुपमा सेक्सका लागि तयार हुने गरेका छन् ।
१२ प्रतिशत अविवाहित तथा एकल महिलाहरुका अनुसार सुरक्षित सेक्सका लागि आवश्यक साधनहरु जतिसुकै बेला उपलब्ध हुन नसक्ने भएकाले आफुहरु असुरक्षित रुपमै सेक्स गर्न बाध्य हुने बताएका छन् ।
कण्डमले सेक्स अझ यादगार बनाउने
हरेक जोडीहरू सेक्सबाट सकेसम्म धेरै मज्जा लुट्न चाहन्छन् । त्यसको लागि उनीहरू कुनै कसर बाँकी राख्दैनन् । फलस्वरूप सेक्स गर्दा कण्डमको प्रयोग धेरैले गर्दैनन् ।किनभने कण्डम प्रयोग गर्दा सेक्सबाट पर्याप्त सन्तुष्टि लिन सकिँदैन भन्ने आममान्यता रहेको छ तर अब भने कण्डम प्रयोग गर्दा कम मज्जा होला भनेर चिन्ता लिनु नपर्ने भएको छ । हालै लन्डनमा भएको एक अध्ययनले यदि गुणस्तरीय तथा लचकदार कण्डम प्रयोग गर्ने हो भने सेक्सबाट अझ धेरै सन्तुष्टि लिन सकिने निष्कर्ष निकालेका छन् ।
अध्ययनकर्ताहरूको दाबी छ कि उचित कण्डम लगाएर गरिएको सेक्स अन्यको तुलनामा अझ यादगार हुन्छ । चिल्लो तथा नरम कण्डमको घर्षणले महिलाहरू थप उत्तेजित हुने र हत्तपत्त नथाक्ने बताइएको छ ।
यस्तो प्रकारको कण्डमबाट पुरुषले मात्र नभई महिलाले पनि मज्जा लुटने अध्ययन टोलीले निकालेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, अध्ययनकर्ताहरू सधैं एकै प्रकारको भन्दा फरक–फरक ब्रान्डको कण्डम प्रयोग गर्न पनि सल्लाह दिएका छन् । यसरी भिन्न कण्डमको प्रयोगले थप सन्तुष्टि दिने उनीहरूको दाबी छ ।
चरम आनन्दका लागि यस्तो कण्डम
कण्डम यौनजन्य रोग देखी एचआईभी संक्रमणबाट प्रभावकारी अस्थाई साधन हो। कतिपयले कण्डम लगाउँदा यौनक्रिडामा आनन्द आउँदैन भन्ने पनि गर्दछन् तर त्यसो होइन । कण्डमको सही छनौट र प्रयोगले तपाईले आफ्नो यौन जीवनलाई अझै रोमान्चक बनाउन सक्नुहुन्छ । त्यसैले यसको उपयोगिता सुरक्षाका लागि मात्रै नभएर मनोरञ्जनका लागि पनि हो भन्ने गरिन्छ।तर कण्डम किन्दा कुन कण्डम किन्ने त ? पसलमा गएर लाज मानेर इशारा गरेर कण्डम माग्ने या त्यसका बारेमा जानकारी लिएर मात्रै कण्डम किन्ने ?
नेपालका जस्ता विकाशशिल देशमा मानिसहरु खुलेर सेक्सका बारेमा खुरा गर्ने अफ्यट्यारो मान्ने भएकाले तपाईलाई कुन चाहि कण्डम ठिक हुन्छ भन्ने थाहा नहुन् सक्छ किन भने बजारमा थरिथरिका कण्डम पाइन्छन् । कण्डम अनुसार त्यसको विशेषता समेत फरक फरक रहेका छन्।
त्यसैले कण्डम किन्नुपूर्व कण्डमका बिभिन्न विशेषताहरु बुझ्नु जरुरी रहेको छ । यहाँ बजारमा उपलब्ध हुने बिभिन्न पाँच किसिममा कण्डमका बारेमा उल्लेख गरिएको छ।
फ्लेबर्ड कण्डमः
फ्लेवर्ड कण्डमहरु चकलेट, कफि, स्ट्रवेरी, मिन्ट, भेनिला जस्ता फ्लेवरमा पाइन्छन। यी कण्डमहरु ओरल सेक्स अर्थात् मुख मैथुनका लागि लागि उपयुक्त मानिन्छन्। यदि तपाई यसलाइ भेजिनल सेक्स (योनीमा लिंग पसालेर) को लागि प्रयोग गर्न चाहनुहुन्छ भने सुगर फ्रि छ कि छैन पक्का गर्नुहोस अन्यथा यिस्ट इंन्फेक्सन हुन सक्दछ ।डटेड कण्डमः
प्रायःजसोले डटेट कण्डम भन्ने गर्दछन् । अतिरिक्त मज्जाको लागि भनेर यो कण्डम प्रयोग गरिन्छ। यसको बाहिरी भागमा डट आकारको साना साना डट हुन्छन जसले सेक्सका दौरान थप घर्षण गराइलाई मज्जालाई दुइ गुना पारिनदिन् सक्दछ । तर यो कण्डम किन्दा डटेट छ या छैन यकीन गर्नुपर्दछ ।सुपर थिन कण्डम:
यी किसिमका कण्डमहरु अत्यन्त पातला हुन्छन् र कण्डम नलगाएको महसुस गराउँदछन्। कण्डमको प्रयोग गर्न नचाहने व्यक्तिहरुलाइ यो कण्डम उपयुक्त हुन्छ। पातला नै भएपनि यौन रोग र गभधारणका हिसावले भने पक्का हुन्छन् । ध्यान दिनुपर्ने कुरा के हो भने यदि कमसल गुणस्तरको या डेट एक्सपायर भएको कण्डम भयो भने यो च्यातिन या फुट्न सक्छ र यसले कण्डम जे का लागि लगाउन खोजेको हो, त्यसमा उल्टो असर पर्न सक्छ । नत्र दुईवटा कण्डम प्रयोग गर्दा पनि हुन्छ ।प्लेजर सेप्ड (आकार) कण्डमः
यी किसिमका कण्डमहरुको टुप्पो लामो र नरम हुन्छ र सेक्सका दौरानले यसको फरक आकारले थप मज्जा दिन सक्दछ |ग्लो इन डार्क कण्डमः
यी कण्डम प्याकेट बाट खोलेपछि रातमा समेत चम्किन्छन , यी कण्डमहरुमा तीन तह हुन्छ र सेक्सका लागि अत्यन्ते मज्जेदार मानिन्छ |जुनसुकै कण्डम किनेपनि निम्न कुरामा ध्यान दिनैपर्छ ।
१. कण्डम कुन कम्पनीको हो, नाम चलेको र भरपर्दो कम्पनीको होइन भने जतिसुकै राम्रो प्याकेट भएपनि नकिन्नुस्
२. कण्डमको म्याद कति छ ? कण्डमको बाहिरी खोलमा एक्सपायर हुने मिति पढ्नुस् । म्याद गुज्रेको छ भने नकिन्नुस्
३. कण्डम किन्दा पसलमा कुन कुन किसिमको कण्डम छ र त्यो कस्तो प्रकारको हो बुझ्नुस्
४. यदि पसलमा कण्डमबारे कुरा गर्न अप्ठ्यारो लाग्छ भने इन्टरनेटबाट पनि कण्डमको ब्राण्डबारे जानकारी हासिल गर्न सकिन्छ ।
५. र, महत्वपूर्ण कुरा, कण्डम किनिसकेपछि राम्रोसँग प्रयोग गर्नुहोस् ।









0 comments:
Post a Comment