Wednesday, 24 February 2016

तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त, २ बालबालिकासहित २३ जनाकै मृत्यु



फाल्गुन - १२, पोखरा ! पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो । ठूलो मुस्लो देखिएको भन्दै स्थानीय बासिन्दाले प्रहरीमा खवर गरेका थिए । तर सुरक्षा अधिकारीहरुले भने घटनास्थलमा पुग्न बाँकी रहेकाले अहिले नै केही भन्न नसकिने बताएका छन ।


चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनात पौडेलले जानकारी दिएका छन । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए ।

विमानमा रहेका यात्रुहरुको नामावलीः
लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, बालक, कमला थकाली,
विदेशी नागरिक अहमत  र एक जना बालक ।

0 comments:

Post a Comment