फिफाले फ्रेबुअरी महिनाका लागि विहीबार सार्वजानिक गरेको वरीयताक्रममा नेपालले ८ स्थान सुधार गरेको हो ।
बंगलादेशमा केहीअघि सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता जितेको नेपालको सोहि प्रतियोगितामागरेको प्रदर्शनका कारण वरीयतामा सुधार भएको हो ।
पछिल्लो समय एकपछि अर्को खराब नतिजा निकाल्दै नेपाल फिफा वरीयतामा इतिहासकै सबैभन्दा खराब १ सय ९६औं स्थानमा पुग्दै दक्षिण एसियाकै पुछारमा रहेको थियो ।
नयाँ वरीयताक्रममा नेपाल पुछारबाट दक्षिण एसियाको दोस्रो स्थानमा उक्लेको छ ।
१ सय ५४औं स्थानमा रहेको अफगानिस्तान दक्षिण एसियाको शीर्ष स्थानमा छ ।
यस्तै, वरीयताको शीर्ष स्थानमा बेल्जियमले कब्जा जमाउदा अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो, जर्मनी चौंथो र चिली पाँचौ स्थानमा रहेका छन् ।









0 comments:
Post a Comment