Friday, 22 January 2016

नेपाल vs बहराइन पुरा फाइनल म्याच भिडियोमा !!


कुनैपनि औपचारिक प्रतियोगितामा १७ वर्षपछि फाइनल खेल्दै गरेको नेपाली टोली लामोप्रतिक्षाको उपाधि खडेरी टार्ने लक्ष्यका साथ मैदानमा उत्रेको छ । । नेपालले माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा ठाउँ पक्का गरेको हो । 


त्यस्तै, बहराइनले आयोजक बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । आसन्न दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गर्दै युवा टोली लिएर बंगलादेश पुगेको नेपालले प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै १७ वर्षपछि कुनैपनि प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो । सन् १९९९ को दक्षिण एसियाली खेलकुदपछि नेपाल फाइनलमा पुग्न सकेको थिएन । 

नेपाली फुटबलको इतिहासमा सन् १९८४ र सन् १९९३ को सागमा उपाधि जितेबाहेक नेपालले कुनै अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । ढाका मैदानमा बहराइनलाई हराउन सके नेपालले २३ वर्षदेखिको उपाधि खडेरीमात्र पुर्ने छैन, सबैभन्दा ठूलो उपाधि उचाल्ने छ ।

भिडियो हेर्नुहोस ! 


0 comments:

Post a Comment