Thursday, 28 January 2016

जिन्सको पाइन्टमा यो सानो गोजी किन हुन्छ ? रहस्य थाहा पाईराखौ !!!


काठमाडौं, जिन्स पाइन्टमा अगाडिको गोजीको माथिल्लो भागमा एउटा अर्को सानो गोजी पनि हुन्छ । खासमा यो गोजीको उपयोग कमै गर्छन् मानिसहरु । कहिलेकाहिँ एक दुईको सिक्का या त्यस्तै केही कुरा राख्नबाहेक यसको उपयोग हुँदैन । त्यसो भए यो गोजी किन बनाइयो होला त ? र, किन अहिलेसम्म बनाइन्छ ? । यो रहस्यको जीन्स र टेक्सटाइल एक्सपर्टले खुलासा गरेका छन् ।


यो गोजीको आविस्कार त्यतिखेर भएको थियो, जुन बेला स्मार्टफोनहरु थिएनन् । जिन्स बनाउन प्रख्यात कम्पनी लेवी स्ट्रास अर्थात हामीले लिभाइज भन्ने कम्पनीले यसको सुरुआत गरेको बताइन्छ ।
त्यसो भए यो गोजी किन त ? विशेषज्ञका अनुसार, यो सानो गोजी वास्तवमा “वाच पाकेट” हो । 


यसलाई काउबायज अर्थात् गोठालाहरुका लागि विशेष तवरले डिजाइन गरिएको थियो । घडी राख्न सकून भनेर १८ औं शताब्दीमा काउब्वाईहरुले आफ्नो वेस्टकोटमा चेन लगाएका घडीहरु लगाउँथे । यिनीहरुलाई बचाउनका लागि लिभाइजले यो सानो पाकेट जिन्स पाइन्छमा राख्न शुरु गरेको थियो ।|
एभरेस्ट दैनिक बाट

0 comments:

Post a Comment