यस्ता कमजोर पासवर्ड प्रयोग गर्दा इन्टरनेट अकाउण्ट ह्याक हुने तथा डाटा चोरी हुने र साइबर अपराधीले अन्य खालका आर्थिक तथा भौतिक क्षति गर्ने जोखिम हुन्छ । त्यसका साथै तपाइँको गोप्यता समेत भंग हुन सक्छ । तपाइँको फेसबुक प्रोफाइल देखि लिएर अनलाइन बैंकिंग र अफिसियल इमेल सम्ममा ह्याकर्सको पहुँच पुग्नु निकै खतरनाक हुन्छ । सन् २०१५ का सबैभन्दा कमजोर २५ पासवर्डको सूचि अनुसार इन्टरनेट प्रयोगकर्तामा अझैपनि जोखिमपूर्ण तथा सजिला पासवर्ड प्रयोग गर्ने बानी हटेको छैन र उनीहरुले आफुलाई निरन्तर जोखिममा पारिरहेका छन् ।
सन् २०११ को पहिलो सूचिबाट नै खराब पासवर्डको रुपमा सबैभन्दा अग्रस्थानमा रहेका-12345678 र password यो पटक पनि सबैभन्दा खराब पासवर्डको सूचिमा कायमै छन् । इन्टरनेट प्रयोगकर्ताले प्रयोग गरेका लिक भएका २० लाख पासवर्डको विश्लेषण गरी यस्तो तथ्यांक तयार गरिएको हो । रिपोर्ट अनुसार पछिल्लो समयमा लामो अक्षर तथा अंकका पासवर्ड प्रयोग गर्ने क्रम बढेको छ । तर लामा भएपनि त्यस्ता पासवर्ड यति सरल हुन्छन् की त्यसको लम्बाइले सुरक्षामा कुनै सहयोग गरेको हुँदैन ।
वर्षका अन्य खराब पासवर्ड यस्ता छन्ः – qwerty – 12345 – 123456789 – football – 1234 – 1234567 – baseball – welcome – 1234567890 – abc123 – 111111 – 1qaz2wsx – dragon – master – monkey – letmein – login – princess – qwertyuiop – solo – passw0rd – starwars यदि तपाइँले पनि माथिका मध्ये कुनैपनि पासवर्ड आफ्नो अकाउण्टमा प्रयोग गर्नुभएको छ भने तुरुन्तै बदलिहाल्नुहोस् । किनकी यी दुनियाका सबैभन्दा कमजोर तथा खराब पासवर्ड हुन् र ह्याकिंगको उच्च जोखममा छन् ।








0 comments:
Post a Comment