Friday, 1 January 2016

फेसबुकमा बेकारका नोटिफिकेशन आएर हैरान हुनुहुन्छ भने यो तरिका अपनाउनुहोस !!



तपाई जब फेसबुक खोल्नुहुन्छ । तपाईको नोटिफिकेशनमा केही नयाँ म्यासेज आईरहेको हुन्छ । एकदमै उत्सुक भएर जब खोल्नुहुन्छ, त्यसबेला तपाईलाई मतलब नै नभएका नयाँ नयाँ नोटिफिकेशन आइरहेको हुन्छ । टाइमलाईनमा भए नभएको नयाँ नयाँ कुराहरु ट्याग गरेको देख्नुहुन्छ । कुनै साथीले उसको अर्को साथीको फोटोमा लाईक, कमेन्ट गर्ने वित्तिकै तपाईको टाइमलाईनमा नोटिफिकेसन आउँछ । जुन विलकुल तपाईसँग असम्बन्धित छ । अब यसो हुनबाट आफ्नो फेसबुक एकाउन्टलाइ जोगाउन सकिन्छ | यसबाट छुटकारा पाउने उपाय हामी तपाईलाई बताउँदैछौं ।


यदि तपाई क्रोम, फ़ायरफ़ोक्स, ओपेरा वा सफ़ारी ब्राउज़र, प्रयोग गर्नुहुन्छ भने तपाईले एउटा कुरा जान्न जरुरत छ । सबै भन्दा पहिला तपाईले सोशल फ़िक्सर नाम गरेको एक ब्राउज़र इन्स्टल गर्नुपर्ने हुन्छ । यो ब्राउजरले तपाईलाई फेसबुकको लागि हर तरिकाबाट मदत गर्नेछ । यो सेटअप गर्ने बेला तपाईले मिनिमम्लिस्ट इंस्टालेशन’लाई छान्नु पर्नेछ । त्यसपछि तपाई फेसबुकको सेटिङमा जानुहोस र गियरको सबै आईकनलाई अनचेक गरिदिनुहोस् ।

त्यसपछि तपाईले फेसबुकमा जे गर्न चाहानु हुन्छ त्यो सेटिंग गर्न सक्नु हुनेछ । तपाई आफ्नो फेसबुकमा फन्ट बदल्न सक्नुहुन्छ । टाईमलाईनको न्यूज फिट बदल्न सक्नुहुन्छ । सोशल फ़िक्सरबाट तपाईले नोटिफिकेशन आईरहने हरेक कुराहरु बन्द गर्न सक्नुहुन्छ ।

0 comments:

Post a Comment