१: यस्ता फाइल र फोल्डर जसको प्रयोग कम हुन्छ यस्तालाई क्लाउड स्टोरमा स्टोर गर्नुस् । यसो गर्दा मोबाइलको इन्टरनल मेमोरी खाली रहन्छ । क्लाउड स्टोर भर्चुअल ड्राइभ जस्तै हो यसमा तपाइँ आफ्नो डाटा सेभ गर्न सक्नु हुन्छ । गुगल ड्राइभ, वन ड्राइभ र ड्रप बक्स क्लाउड स्टोरेज एप्लिकेशन प्रयोग गरेर मोबाइलको मेमोरी कम गर्न सकिन्छ ।
२: फोन ह्याङ हुने सबैभन्दा मुख्य कारण इन्टरनल मेमोरी हो । जव फोनको इन्टरनल मोमरी वा र्याम कम हुन्छ अनि फोन ह्याङ हुन्छ । यसका लागि तपाइँले स्मार्टफोनमा एक्सप्याण्डल मेमरीको अप्सनमा गएर त्यहाँ भिडियो, पिक्चर आदि सेभ गर्न सक्नु हुन्छ । जुन एप्लिकेशन प्रयोग हुँदैन त्यस्तो एप्लिकेशन हटाइदिनुस् । यसले फोन ह्याङ हुने समस्या कम गर्छ ।
३: हरेक स्मार्टफोनमा फ्याक्ट्री डाटा रिसेट अप्सन हुन्छ । फ्याक्ट्री रिसेट गर्दा फोनको ह्याङ हुने समस्या समाधान हुन्छ । तर त्यसो गर्न अघि फोनको डाटा ब्याकअप गर्न नभुल्नुस् ।
४: फोनबाट त्यस्ता सबै चिज डिलिट गरिदिनुस् जुन तपाइँलाई आवश्यक छैन । त्यति मात्र होइन फोनको सेटिङमा गएर स्टोरेजमा क्लिक गर्नुस् यहाँ क्यास डाटा (Cache data) को विकल्प आउँछ त्यहाँ गएर क्लियर डाटा गर्नुस् । समय समयमा यस्तै गर्नुस् ।
५: फोनमा गीत, भिडियो, तस्वीरे र अन्य डाटा एक्सटर्नल मेमरीमा सेभ गर्नुस् । तपाइँले एक्सटर्नल मेमरीलाई डिफल्ट राख्नु भयो भने सेभ हुँदा त्यसमै हुन्छ । इन्टरनल मेमरीको धेरै भाग खाली राख्दा फोन ह्याङ हुने समस्या कम हुन्छ ।









0 comments:
Post a Comment